सिरहा/कार्तिक १६ गते । सिरहा प्रहरीले नेपालबाट भारततर्फ लादैंगरेको अवस्थामा करिव ११ केजी अवैध लागुऔषध गाँजा सहित एक किशोरलाई प क्राउ गरेको छ।
औरही गाउँपालिका १ दरैया चोकबाट १० केजी ७ सय ग्राम अवैध लागू औषध गाँजासहित बरियारपट्टी गाउँपालिका ३ का १६ वर्षीय किशोरलाई बुधबार बिहान प्रहरीले प क्राउ गरेको हो।
नेपालबाट भारततर्फ जाँदै गरेको बीआर ३३ डब्लु ४७३५ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी हरकट्टीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त गाँजा सहित प क्राउ गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

















Discussion about this post