आदित्य अजय/ सप्तरी /भादौ २७ गते। गुडिरहेको मोटरसाइकल कुकुरलाई बचाउने क्रममा आफै अनियन्त्रित भइ दुर्घटना हुँदा सप्तरीको बोदेबर्साईन नगरपालिका २ की ४५ वर्षीया अन्जना देवी यादवको मृ त्यु भएको छ ।
आज बिहान करिव ८:३० बजेको समयमा सप्तरी शम्भुनाथ नगरपालिका वडा नम्बर ५ मोहनपुरस्थित पूर्व पश्चिम राजमार्गमा पश्चिम बाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०१–००२ प ३९९३ नम्बरको मोटरसाइकल कुकुरलाई बचाउने क्रममा अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक जिल्ला सप्तरी बोदेबर्साईन नगरपालिका वडा नम्बर २ बस्ने अन्दाजी वर्ष ४८ को मोहन कुमार यादवलाई केही नभएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक र अन्जना देवी यादव दुबै जना पति पत्नी हुन ।

















Discussion about this post