अरुण कुमार यादव/सप्तरी/भदौ ७ गते । साक्षरता तथा गणितिय सीप प्रबन्धन सम्बन्धि पाँच दिने तालिम आज यहाँ सम्पन्न भएको छ ।

से द चिल्ड्रेनको सहयोग रसेभ द सप्तरीले राजविराजमा आयोजना गरेको पाँच दिनै तालिम सम्पन्न भएको हो ।समुन्नती कार्यक्रम अन्तर्गत जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका, राजविराज नगरपालिका, बिष्णुपुर गाउँपालिका, र छिन्नमस्ता गाउँपालिकाकमा १३ वटा बिद्यालयका शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।
शिक्षा बिकास तथा समन्वय इकाईका प्रमुख बिजय मण्डलको प्रमुख अतिथ्यमा सम्पन्न भएको तालिममा शिक्षकहरुको लागि साक्षरता तथा गणितिय सीप प्रबन्धन सम्बन्धि तालिम दिइएको सेभ द सप्तरीका शिक्षा अधिकृत मुकेश कुमार मण्डलले जानकारी दिए ।
कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाको २६ जना शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो । तालिममा जिल्लाका राजबिराज नगरपालिका, तिलाठीकोईलाडी गाउपालिका,बिष्णुपुर गाउपलिका, छिन्मस्ता गाउपालिकाका शिक्षकशिक्षिकाहरूको सहभागितामा गणितिय तथा साक्षरता शिपको माध्यमवाट शिक्षणशिकाई मा टेवा पुग्ने उदेश्यले तालिमको आयोजना गरिएको बताईएको छ ।
पालिकास्तरमा बिधालयहरूको शैक्षिक गुणस्तर को सुधार र बृद्वि सँगै गुणस्तरिय शिक्षामा अभिबृद्विका लागि शिक्षकशिक्षिकाहरूलाई क्षमता अभिबृद्वि गर्ने उदेश्यले कार्यक्रम गर्दै आएको सेभद सप्तरीका दुर्गान्नद शर्माले बताए ।
तालिममा सहजीकरण प्रशिक्षक अर्जुन कुमार यादवले गरेका थिए । सेभ द सप्तरीका अध्यक्ष धुव्र प्रसाद देवको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख बिजय मण्डल, सेभद चिल्ड्रेनका बरिष्ठ कार्यक्रम संयोजक खिलनाथ निरौला, प्रशिक्षक अर्जुन कुमार यादब, पत्रकार चन्दनकुमार यादब लगायतले तालिममा सहभागीहरूलाई प्रमाणपत्र बितरण गरेका थिए । कार्यक्रम सेभ द सप्तरीका बिभिन्न तहका कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।

















Discussion about this post