राजविराज/भदौ २ गते । सिडा अन्र्तराष्ट्रिय बिकास सहयोग एजेन्सी कार्यक्रमको प्रारम्भिक बैठक आज यहा सम्पन्न भएको छ ।
सप्तरीको सुरुङगा नगरपालिका वडा नं. १ स्थित पिपरा पश्चिममा सिडा अन्र्तराष्ट्रिय बिकास सहयोग एजेन्सी कार्यक्रम संचालन गर्ने बिषयमा समाजिक बिकास संयोजक देवेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा बैठक बसैको हो ।
उप प्रमुख रुद्र बहादुर कार्कीको प्रमुख अतिथियमा बसैको सो बैठकमा सिडा परियोजना संयोजक निरबहादुर आलेले दिएको जानकारी अनुसार जिल्लाको सुरुङ्गा नगरपालिका र खडक नगरपालिकाका. सम्पुर्ण वडामा सिडा अन्र्तराष्ट्रिय बिकास सहयोग एजेन्सी कार्यक्रम संचालन गर्न लागिएको बताए ।
सेभ द चिल्ड्रेनको सहयोग तथा सबल नेपालको आयोजनामा संचालन हुने कार्यक्रममा स्थानीय निकाय, नागरिक समाज संगठन, बाल क्लव संजाल र स्थानीय संस्थाहरुको सहभागिता रहने छ ।
सन् २०२२ देखि २०२६ सम्म संचालन हुने यो कार्यक्रम किशोरकिशोरी र प्रोढ लक्षीत समुहको लागि एकदमै प्रभावकारी कार्यक्रम रहेको उनले बताए ।
बाल अधिकारको माग र समर्थनलाई पूर्ति गर्न राज्यलाई जवाफदेहीताको लागि बालबालिका र उनीहरुको समुदायहरुलाई परिचालन र सशक्तीकरण गरि सक्षम नागरिक समाज निर्माणमा योगदान गर्ने यो कार्यक्रमको उदेश्य रहेको सिडा परियोजना संयोजक आलेले जानकारी दिए ।
नागरिक समाज सङ्गठनहरूले बालबालिकाको अधिकार र गुणस्तरीय प्रणाली र सेवाहरूमा समान पहुाचको पूर्तिको लागि यो कार्यक्रम हुने बताइएको छ ।
उक्त बैठकमा बिभिन्न राजनैतिक ब्याक्तित्व ,स्वास्थ्यकर्मी, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा ,कृषि शाखा , शिक्षा शाखा र नागगरिक समाजका प्रमुख ब्याक्तित्व द्वारा सिडा परियोजनालाई शुभकामना दिइ प्रारम्भिक बैठक सम्पन्न भएको छ ।

















Discussion about this post