अरुण कुमार यादव/राजविराज/श्रावण २६ गते । साक्षरता तथा गणितिय सीप प्रबन्धन सम्बन्धि पाँच दिने तालिम सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं ७ स्थित श्री रा.प्रा।बि मंसापुरमा विद्यालय मा तालिम समापन्न भएको हो ।
से द चिल्ड्रेनको सहयोग , तिलाठी कोइलाडी गाउँपालिकाको समन्वय तथा सेभ द सप्तरीको आयोजनामा समुन्नती कार्यक्रम अन्तर्गत तिलाठी कोइलाडी गाउँपालिकाको शिक्षकहरुको लागि साक्षरता तथा गणितिय सीप प्रबन्धन सम्बन्धि तालिम दिइएको सेभ द सप्तरीका शिक्षा अधिकृत मुकेश कुमार मण्डलले जानकारी दिए ।
कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाको १३ वटा बिद्यालयको शिक्षिकाहरुको सहभागिता रहेको थियो । तालिममा सहजीकरण प्रशिक्षक अर्जुन कुमार यादवले गरेका थिए ।
तिलाठी कोइलाडी गाउँपालिकाका शिक्षा संयोजक राजेश झाको प्रमुख अतिथियमा आयोजना गरेको कार्यक्रममा रा।प्रा।बि मधेपुराका प्रअ रामप्रसाद यादव, कृष्ण कुमारी देवी राजपुत मेमोरीयल आधारभुत बिद्यालयका शिक्षक रामनारायण राय, मावि कोइलाडीका शिक्षक रंजित सिँह, राप्रावि बेल्हीका शिक्षक खगेन्द्र प्रसाद कर्ण लगायतले मतब्य ब्यक्त गरेका थिए ।
रा.प्रा.बि. मंसापुरका प्र.अ. मदनलाल मण्डलको अध्यक्षतामा सम्पन्न भएको तालिम समापन समाहारोमा सेभ द सप्तरीका फिल्ड अधिकृत बिष्णुकान्त देव, मिल अधिकृत मिथिलेश यादव, कार्यक्रम सुपरभाइजर रामकुमार राम,बिनिता यादव समुदायिक परिचालक मुनेशर मुखिया लगायत सहभागिता रहेको थियो ।















Discussion about this post