सप्तरी/श्रावण १० गते। सप्तरीको खडक नगरपालिकास्थित लालपुरमा आज साँझ करेन्ट लागेर एक जना वृद्धको मृ त्यु भएको छ।
मृ त्यु हुनेमा खड्क नगरपालिका वडा नं ११ बस्ने ६० वर्षका शत्रुहन खङ्ग (मण्डल) रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
खेतमा सिँचाइ गर्नका लागि जडान गरिएको पानी तान्ने मोटर खोल्ने क्रममा उहाँलाई करेन्ट लागेको थियो।
लामो खडेरीले धानबाली सुक्न थालेपछि खेत सिँचाइ गर्नका लागि मानिस पानीका लागि, मोटर, पम्पसेटलगायतबाट सिँचाइ गर्ने गरेका छन्। रासस

















Discussion about this post