nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

राजविराज भन्सारमा बर्सेनि लक्ष्यभन्दा कम राजस्व सङ्कलन

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ७, २०७९, ८:१९ मध्यान्ह
राजविराज भन्सारमा बर्सेनि लक्ष्यभन्दा कम राजस्व सङ्कलन

सप्तरी/श्रावण ७ गते । राजविराज भन्सार कार्यालयले गत आर्थिक वर्ष लक्ष्यको ६१.०४ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

तिलाठी कोइलाडी गाउँपालिका–१ बेल्हीस्थित भन्सार कार्यालयले आव २०७८/०७९ मा चार करोड १७ लाख ६४ हजार ९२ राजस्व सङ्कलन गरेको जनाएको छ ।

कार्यालयले छ करोड ८४ लाख २० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । यो राजस्व लक्ष्यभन्दा करिब ३९ प्रतिशत कम हो । भन्सार कार्यालयको तथ्याङ्कले सबैभन्दा बढी असोजमा ५७ लाख ९६ हजार र सबैभन्दा कम चैतमा १९ लाख १५ हजार राजस्व सङ्कलन भएको देखाएको छ ।

जिल्लाबाट निकासी, पैठारी, लिलामी र अस्थायी पैठारी लगायतका कारोबारबाट आव २०७८/७९ मा सो परिमाणको राजस्व सङ्कलन भएको भन्सार कार्यालयका प्रमुख दीपेन्द्रकुमार झाले जानकारी दिए । उनले आव २०७८/७९ मा सशस्त्र प्रहरीले सर्वाधिक ५८७, नेपाल प्रहरीले ४६३ र भन्सार कर्मचारीबाट १४ गरी कूल एक हजार ६४ लिलामी मुद्दा यस कार्यालयमा बुझाइएकोमा २०० मुद्दाको लिलामी कार्य सम्पन्न भएको जानकारी दिए । अन्य ४९९ मुद्दा टुङ्ग्याउने सम्पूर्ण तयारी पूरा गरिएको र केही दिनमै प्रक्रियाअनुसार लिलाम गरिने झाले जानकारी दिए ।

भारतसँग खुला सिमाना भएका कारण व्यापकरूपमा चोरीपैठारी हुने गरेकाले लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको भन्सार कार्यालयका प्रमुख झाले बताए । उनले दरबन्दीअनुसार कर्मचारीसमेत अभाव रहेको बताउनुभयो । भन्सार कार्यालयमा जम्मा एक भन्सार अधिकृत, दुई नायब सुब्बा र एक कम्प्युटर अपरेटर रहेका छन् । करारमा चार कार्यालय सहायकमध्ये दुई छोटी भन्सारमा र दुई अस्थायी पैठारीमा राख्ने गरिएको झाले बताए ।

जिल्लामा मुख्य भन्सार कार्यालय एक र छोटी भन्सार सातसहित आठवटा भन्सार कार्यालयमध्ये हाल बेल्ही र पातो छोटी भन्सार कार्यालय मात्र सञ्चालनमा छन् । उक्त दुवै छोटी भन्सारबाट लगातार अपेक्षाअनुसारको राजस्व सङ्कलन हुन सकेको छैन ।

व्यापक मात्रामा चोरी पैठारी हुने गरेको जनाउनुभएका कार्यालय प्रमुख झाले कुन वर्ष अवैध व्यापार कति भयो भनेर भन्न सकिने अवस्था नरहेको बताए । भारतसँग खुला सिमाना भएका कारण कूल व्यापारको आधाभन्दा बढी हिस्सा अवैध हुने गरेको नागरिक समाजका अध्यक्ष तथा कपडा व्यापारी थानसिंह भन्सालीले बताए ।

भन्सार कार्यालय प्रमुख झाका अनुसार राजविराज भन्सार कार्यालयले आव २०७९÷८० का लागि पाँच करोड ९९ लाख ३० हजार राजस्व सङ्कलनको लक्ष्य लिएको छ । त्यसमध्ये भन्सार आयात शुल्कतर्फ तीन करोड ४४ लाख नौ हजार, मूल्य अभिवृद्धि करतर्फ दुई करोड ४२ लाख १२ हजार, अन्त शुल्कतर्फ १० लाख ४४ हजार, कृषि सुधार शुल्कतर्फ रु सात हजार र भन्सारसम्बन्धी अन्य आयतर्फ दुई लाख ५८ हजार रहेको छ ।-रासस

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि