अरुण कुमार यादव/राजविराज/असार १५ गते। सुरुङगा नगरपालिका वडा नं. ३ लक्षमीपुरमा धान दिवस मनाइएको छ ।
सबल नेपाल र सेभ द चिल्ड्रेनको संयुक्त साझेदारीमा संचालित समुन्नति परियोजना अन्तर्गत धान रोपेर धान दिवस मनाइएको हो ।

गुलाब कृषक समुहद्धारा १९ औ धान दिवसको अवसरमा धान बालिमा जेविक विविधता उपयोग । आयात प्रतिस्थापनामा सहयोग मुलनाराका साथ राष्ट्रिय धान दिवसको आयोजना गरिएको सबल नेपालका अशोक साहले जानकाारी दिए ।
सो कार्यक्रममा सुरुङा नगरपालिका नगर प्रमुख गिता चौधरी , उपप्रमुख रुद्र बहादुर कार्की , वडा ३ अध्यक्ष किरन कुमार पोखरेल , सेभ द चिल्ड्रेनको खिलानाथ निरौला , इन्द्र बहादुर हायु , देब कृष्ण भगत , सबल नेपालको अध्यक्ष जुना गिरि , संयोजन रोशन कुमार मण्डल, सबल नेपाल्को अन्य कर्मचारीको र गुलाब कृषक समुह तथा नगर बाल क्लब सन्जालको पनि सहभागी भएको थियो ।

सोही कार्यक्रममा सुरुङा नगरपालिका र खडक नगरपालिका नगर बाल क्लब संजाललाई क्रिकेट ब्याड ५ , बल ५, बिकेट ५ सेट बितरन गरेका थिए ।

















Discussion about this post