सप्तरी/असार १३ गते। प्रहरीले चोरीको मुद्दामा फ रार तीनजना आरोपीलाई प क्राउ गरेको छ।
प क्राउ पर्नेमा साविक तेर्हौता गाविस वडा नम्बर ६ बस्ने २६ वर्षीय राजकुमार चौधरी, गोविन्द चौधरी र दिलीप सदालाई प क्राउ गरेको हो।
३ फागुन ०७० मा ना ४ ख ९१०४ नम्बरको ट्रक तेरहौता गाविस–६ मा अनियन्त्रित भई पल्टिँदा ट्रकमा लोड भएको प्लाइउड चो री गरेको आरोपमा सप्तरी जिल्ला अदालतको १७ कात्तिक ०७१ को फैसलाको आधारमा उनीहरू प क्राउ गरेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिएका छन्।
गाउँघरमै लुकिछिपी बसेको बेला गोप्य सूचनाको आधारमा घरबाटै प क्राउ गरी फेला पारी प क्राउ गरी सप्तरी जिल्ला अदालतमा तीनैजनालाई हाजिरी गराई जनही ४४ सय आठ रुपैयाँ जरिवाना तिराई एक महिनाका लागि कारागार चलान गरेको छ।
सोमबार गाली बेइज्जती मुद्दाका अन्य चारजना फ रार प्रतिवादीहरुसमेत प क्राउ गरी फैसला कार्यान्वयनका लागि सप्तरी जिल्ला अदालतमा हाजिर गराएको प्रहरी प्रवक्ता काफ्लेको भनाइ छ।
विभिन्न आरोपमा फरार रहेका आरोपीमध्ये चालू आव २०७८०७९ साउनदेखि हालसम्म तीन सय ६८ जना प्रतिवादी प क्राउ गरी अदालतमा हाजिर गराइसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।

















Discussion about this post