सप्तरी/जेठ २७ गते । सप्तरीका विपन्न नागरिकको उठीवास लगाएर धरानमा बस्दै आएका मिटरब्याजी रामदेव साहु तेली फ रार भएका छन् ।
उनका छोरा नन्दकिशोरलाई भने बिहीबार प क्राउ गरिएको सप्तरीका एसपी अविनारायण काफ्लेले बताए । पीडितहरूले तीन महिनाअघि नै उजुरी दिए पनि प्रहरीले बेवास्ता गर्दै आएको थियो ।
बिहीबारको रामदेवको ज्यादतीबारे समाचार प्रकाशित भएपछि प्रहरीले उनको खोजीमा तदारुकता देखाएको छ । ‘सप्तरी प्रहरीको एक टोली रामदेवसहितका आरोपीलाई खोज्दै बिहीबार उनको धरानस्थित घर पुगेको थियो । घरमा कोही भेटिएनन् । बजार क्षेत्रबाट उनका छोरा नन्दकिशोर प क्राउ परेका छन्,’ एसपी काफ्लेले भने, ‘रामदेवसहित अन्य फरारको पनि खोजी गरिरहेका छौँ ।’
पीडितहरूले ठगी तथा आपराधिक विश्वासघात गरेको भन्दै साहुकार रामदेवसँगै उनकी पत्नी शिवकुमारी, छोरा नन्दकिशोर, छोरीहरू रेणुकुमारी र अनुराधा, नाति २१ वर्षीय चन्दनकुमार र धनुषा खरिहानी टोल बस्ने कैलाश साहविरुद्ध तीन महिनाअघि नै इलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी दर्ता गराएका थिए ।
संसदमा साहुकारमाथि कारबाही गर्न माग सांसदहरूले मधेसमा मिटरब्याजमा ऋण दिएर विपन्न परिवारको उठीवास लगाउने साहुकारमाथि कारबाहीको माग गरेका छन् ।
बिहीबारको संसद् बैठकको शून्य समयमा बोल्दै सांसद तेजुलाल चौधरीले सप्तरी र सिराहामा साहुकारहरूको ऋणले किसानहरूको उठीवास हुने कारुणिक अवस्था देखिएको भन्दै मिटरब्याजीको पहिचान गरी कारबाही गर्न माग गरे ।
उच्च अदालत जनकपुरको राजविराज इजलासले जिल्ला प्रहरी कार्यालय सप्तरीलाई पीडित (दिलादेवी)को जाहेरी दर्ता गर्न गत २० जेठमा परामादेश दिएको छ । तर, प्रहरीले भने अहिलेसम्म त्यसबारे जानकारी नभएको जनाएको छ ।
न्यायाधीशद्वय नातिबाबु लामिछाने र मदन पोख्रेलको संयुक्त इजलासले ‘निवेदक (पीडित)लाई झिकाई निजले दिएको जाहेरी सनाखत गराई निकासा दिनू’ भनेर प्रहरीका नाममा परमादेश गरेको थियो ।
सप्तरीका एसपी अविनारायण काफ्लेले परमादेशबारे जानकारी आइनसकेको बताए । ‘अहिलेसम्म त्यस विषयमा कुनै जानकारी आएको छैन, आयो भने हामी कानुनबमोजिम अगाडि बढ्छौँ,’ उनले भने ।
साभार स्रोत-नयाँपत्रिका बाट

















Discussion about this post