जनकपुरधाम/बैशाख ३१ गते । जनकपुरधाम उपमहानगरपालिकामा बिहानदेखि मतगणना जारी छ ।
वडा नम्बर १ को ७ सय मत गणना हुँदा नेपाली कांग्रेसबाट राजीनामा दिएर मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका मनोज साहले अग्रता लिएका छन् ।
साहले २ सय ३२ मत प्राप्त गरेका छन् । नेकपा एमालेका शिवशंकर साह ‘हिरा’ ले ९५ र अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले ५३ मत प्राप्त गरेका छन् ।
सत्तारुढ गठबन्धनका उम्मेदवार लालकिशोर साहले ३४ मत प्राप्त गरेका छन् ।त्यस्तै अर्का स्वतन्त्र उम्मेदवार जानकीराम साहले २७ मत प्राप्त गरेको छ।

















Discussion about this post