सप्तरी/बैशाख २२ गते। के छ खबर अनलाईनका समाचारदाता अजय मण्डल (आदित्य )माथि आज हातपात गरिएको छ ।
स्थानियतह निर्वाचनको बारेमा रिपोटिङ गर्न सप्तरीको रुपनी गाउँपालिका वडा नं. ४ मा गएको बेला उनलाई स्थानिय घुरन इसरले हातपात गरेको पिडित पत्रकार मंडलले जानकारी दिएका छन ।
जनमत पार्टीका वडा अध्यक्ष पदका उमेदवार संतोष इसरका आफन्त पर्ने कमानन्दले पत्रकारहरुको के औकात,त जस्ता पत्रकारहरु मलाई के बिगार्न सक्छ जस्ता बिभिन्न शब्दहरु र गालीगलोच प्रयोग गरि क्यामरा खोसेको पत्रकार मंडलको भनाई छ । यसैबिच हातपात गर्ने इसरलाई कारबाही गर्न माग समेत गरिएको छ ।

















Discussion about this post