बेहुलाले बिहे गरेलगत्तै आत्मह त्या गरेका छन्। घटनापछि बेहुली बिहे गरेको दोस्रो दिन नै विधवा भएकी छिन्। परिवारमा सन्नाटा छाएको छ। हाल प्रहरीले श व नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
भारतको पश्चिम बंगालको हावडामा बेहुलाले सुहागरात मनाए लगत्तै आत्मह त्या गरेको आजतकले जनाएको छ।घटनाको कारण खुल्न नसकेको भारतीय प्रहरीले बताएको छ । प्रहरीले पोष्टमार्टम रिपोर्ट आएपछि मात्र आत्माह त्या गर्नुको कारण खुल्न सक्ने बताएको छ। प्रहरीले परिवारका सदस्यहरुसँग समेत सोधपुछ गरेको छ।
डिसेम्बर ७ मा शालिमार बस्दै आएका आदर्श सावले बैकपुरकी एक युवतीसँग धूमधाम विवाह गरेका थिए। उनीहरुको विहेमा एक सय पचास जना जन्ती थिए। डिसेम्बर ८ मा बेहुला ससुराल गए। सुसुरालमा बहुभतेरको तयारी भइरहेको थियो। तर बेहुलाले सुसुरालमा झु ण्डिएर आत्माह त्या गरेका थिए।
साभार स्रोत-अनलाईन नेपाल बाट














Discussion about this post