एजेन्सी । ट्रेनका सफाई कर्मचारीले ट्रेन सफा गर्दै गर्दा एक युवतीको श व भेटेका थिए।
ट्रेनको माथिल्लो बर्थमा १९ वर्षीया युवतीले आ त्मह त्या गरेकी थिइन्। प्रहरीले उनको साथमा मोबाइल फोन भेटाएको थियो। मोबाइलको जाँच गर्दा युवती गुजरातको नवसारीको वासिन्दा भएको खुलेको छ। घटनाको अनुसन्धानका क्रममा एक डायरी पनि भेटिएको छ।
उक्त डायरीमा युवतीले लेखेअनुसार आ त्मह त्याको २ दिनअघि उनी रातको समयमा वडोदरामा उस ठाउँमा जाँदै थिइन् जहाँ डेरामा बस्दै आएकी थिइन्। उक्त बेला २ रिक्सावालाले उनको अपहरण गरेका थिए। त्यसपछि वडोदराको वैक्सीन ग्राउण्डमा लगेर उनको बला त्कार गरिएको थियो।
एकजना बसवालाले उनलाई सहयोग गर्दै घरसम्म लगेका थिए। घटनाको २ दिनपछि युवतीले साथीलाई भेट्न जाने भनेर परिवारलाई जानकारी गराई वलसाडका लागि निस्किएकी थिइन्। गुजरातको क्वीन ट्रेनमा बिहान उनको श व डिब्बामा फेला परेको थियो।
युवतीले आफूमाथि भएको बला त्कारबारे जानकारी गराएकी थिइनन्। हाल प्रहरीले घटनामा संलग्न भनिएका २ रिक्सा ड्राइभर र युवतीलाई सहयोग गर्ने बसवालाको खोजी गरिरहेको बताइएको छ।
साभार स्रोत-अनलाईन नेपाल बाट
Discussion about this post