बिबिसी/मंसिर ३ गते । पाकिस्तान सरकारले बला त्कार गरेको पुष्टि भएको अवस्थामा नपु ङ्सक बनाउन सकिने कानून पारित गरेको छ।पाकिस्तानको संसदले हालै पारित गरेको नयाँ विद्येयकमा यस्तो व्यवस्था समेटिएको हो ।
विद्येयकमा लामो समयसमम्म बला त्कार गरेको प्रमाणित भएको अवस्थामा अदालताले औषधि दिएर आजिवन यौ न सम्पर्क गर्न नसक्ने बनाउने गरि आदेश दिन सक्ने बताइएको छ । त्यसपछि उसले मेडिकललाइ सिफारिस गर्नेछ ।
जसमा केमिकल कास्ट्रेशन भन्ने औषधि प्रयोग हुनेछ । उक्त विद्येयकमा भनिएको छ, ‘रासायनिक नपुं सकीकरण एक यस्तो प्रक्रिया हो जसलाई प्रधानमन्त्रीले बनाएका नियमबमोजिम स्वीकृत गरिएको छ । यसबाट एक व्यक्तिलाई आजीवन यौ न सम्पर्क गर्न नसक्ने बनाउन सकिन्छ र यसका लागि अदालतले औषधिको प्रयोग गर्ने आदेश दिन्छ । सो आदेशलाई एउटा मेडिकल बोर्डले स्वीकृत गर्छ।’
पाकिस्तानमा बला त्कारको घटना उल्लेख्य मात्रामा बढेको भन्दै कडा कानून बनाउन सरकारलाई सुझाव दिइदै आएको थियो । तर यो कट्टरपन्थी इस्लामिक समूहले भने बला त्कारीलाई दिइने यो सजायको प्रवाधानको बिरोध जनाएको छ ।इस्लामिक कानूनमा कसैलाई नपु ङ्सक पार्नेबारे उल्लेख नगरिएकोले यो प्रावधानको विरोध गरेको जनाएको छ ।
पाकिस्तानको लाहौरमा यसअघि एक महिलामाथि दुई सन्तानै अगाडी समूहिक बला त्कार भएको घटनापछि दोसीमाथि कडा कारवाही गनरिनुपने आवाज उठेको थियो ।
यो सँगै पाकिस्तान सरकारले पनि सहमति जनाउँदै बला त्कारीलाई नपु ङ्सक बनाउने प्रवधान ल्याएको बीबीसीले जनाएको छ ।














Discussion about this post