nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

फोहोरको डब्बामा खाना खोज्दै अफगान महिला

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक ९, २०७८, ७:११ मध्यान्ह
फोहोरको डब्बामा खाना खोज्दै अफगान महिला

बीबीसी/कार्तिक ९ गते।संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले तत्काल अत्यावश्यक कदम नचाले दसौँ लाख अफगान नागरिकले यो हिउँदमा भोकमरीको सामना गर्नुपर्ने चेतावनी दिएको छ । आधा भन्दा धेरै जनसंख्या झण्डै दुई करोड २८ लाख मानिसहरू तीव्र खाद्य असुरक्षाको सामना गर्ने र पाँच वर्ष भन्दा मूनिका ३२ लाख बालबालिकाहरू तीव्र कुपोषणबाट ग्रसित हुन सक्ने डब्ल्यूएफपीले बताएको छ ।

अफगानिस्तान अहिले विश्वका सबैभन्दा खराब मानवीय संकटमा परेको छ,’ डब्ल्यूएफपीका कार्यकारी निर्देशक डेभिड बीज्लीले भने, ‘हामी विपत्तिको काउन्टडाउनमा छौँ ।’ अमेरिकाले आफनो फौज फिर्ता गरेपछि गएको अगस्टमा तालिबानको अफगानिस्तानलाई आफ्नो हातमा लिएको थियो । विदेशी सहयोगमा निर्भर अफगानिस्तानको पहिलेदेखि नै नाजुक रहेको अर्थतन्त्र तालिबानले कब्जा गरेपछि झनै कमजोर बन्यो ।विश्व बैंककाअनुसार कुल ग्राहस्थ उत्पादन ९जीडीपी०को १० प्रतिशत भन्दा बढी विदेशी सहयोगबाट आउने मुलुकलाई सहायता–निर्भर राष्ट्रको रूपमा लिइन्छ ।

अफगानिस्तानको सन्दर्भमा जीडीपीको ४० प्रतिशत वैदेशिक सहायता थियो । धेरै अफगान नागरिकले खानका लागि आफ्नो सम्पत्ति बेच्दैछन् । नयाँ तालिबान प्रशासनको विदेशमा भएको सम्पत्ति रोक्का गरिएको छ । यसको अर्थ सरकारी कर्मचारी र अन्य कामदारको ज्यालारतलब रोकिएको छ । ‘मैले तलब नपाएको पाँच महिनाभन्दा बढी भइसक्यो,’ हेरातका एक शिक्षकले भने, ‘जीवन कठिन छ । मैले हाम्रो घरमा जे छ त्यही बेचिरहेको छु । हामीले हाम्रो पशुचौपायहरू, रूख काटेर दाउरा बेचिरहेका छौँ ।’ यहाँ मानिसहरू घरबारविहीन भएका छन्,’ कान्दाहारका एक पुरुषले भने ।

डब्ल्यूएफपीले वैदेशिक सहायतामा निर्भर अफगान नागरिकलाई जाडोले झनै खतरा उत्पन्न गराउन सक्ने चेतावनी दिएको छ । र पहिलो पटक अफगानिस्तानको सहरी क्षेत्रका मानिसहरू पनि ग्रामीण क्षेत्रका मानिसहरूकै दरमा खाद्य असुरक्षाबाट ग्रसित भएका उसले बताएको छ । जाडोले अफगानिस्तानको ठूलो भागलाई छुट्याउनुअघि नै सहायता वितरण गर्न कुशलतापूर्वक र प्रभावकारी रूपमा अत्यावश्यक काम गर्नुपर्ने संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका निर्देशक क्यु डोङयुले बताए ।

गएको सेप्टेम्बरमा केवल पाँच प्रतिशत अफगान परिवारसँग मात्रै दैनिक खानका लागि पर्याप्त खाना रहेको चेतावनी दिएको थियो । खाने तेल र गहुँ लगायतका आधारभूत सामग्रीहरूको मूल्य आकाशिएको छ । अक्टोबरमा संगठनले तत्काल जीवनरक्षक उपचारको अभावमा १० लाख बालबालिकाको गम्भीर कूपोषणबाट ज्यान जाने जोखिम रहेको चेतावनी दिएको थियो ।

डब्ल्यूएफपीले सोमबार दिएको जानकारी अनुसार संयुक्त राष्ट्रसंघको मानवीय सहायता कार्यक्रमसँग एक तिहाइ कोष मात्र बाँकी छ । अहिले भइरहेको वित्तीय प्रतिबद्धताहरूलाई ‘समुन्द्रको एक थोपा’ भन्दै यो काम गर्न प्रतिमहिना झण्डै २२० मिलियन डलर लाग्ने संगठनले बताएको छ । अफगानिस्तानको खाद्यान्न संकटलाई पानीको अभाव र चार वर्षमा दुईपटक भएको अत्यन्तै खराब खडेरीले झनै बढाएको छ ।

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

रास्वपाको केन्द्रिय सदस्यका लागि मतदान हुदैँ

रास्वपा केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, साँझ साढे ७ बजेबाट मतदान

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

सरकारी कार्यालयमा ‘टिङ टिङ’ : प्रविधिले कोर्दैछ सुशासनको नयाँ चित्र

सरकारी कार्यालयमा ‘टिङ टिङ’ : प्रविधिले कोर्दैछ सुशासनको नयाँ चित्र

करोडौं खर्चेर गरेर पाेखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पकाे सपना असफल

करोडौं खर्चेर गरेर पाेखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पकाे सपना असफल

‘किसिङ हिरो’ इमरान हासमी ५ बर्ष पछि हरर फिल्ममा देखिने

‘किसिङ हिरो’ इमरान हासमी ५ बर्ष पछि हरर फिल्ममा देखिने

पश्चिम बंगालमा पत्रकारलाई मासिक ८ हजार सरकारी भत्ता

पश्चिम बंगालमा पत्रकारलाई मासिक ८ हजार सरकारी भत्ता

सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा

सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा

शरिरमा प्राेटिन नहुदाँ देखिने छन् यस्ता लक्षण, बेलैमा हुनुहाेस सतर्क

शरिरमा प्राेटिन नहुदाँ देखिने छन् यस्ता लक्षण, बेलैमा हुनुहाेस सतर्क

रास्वपाको केन्द्रिय सदस्यका लागि मतदान हुदैँ

रास्वपाको केन्द्रिय सदस्यका लागि मतदान हुदैँ

रास्वपा सभापतिमा रवि लामिछाने निर्बिरोध निर्वाचित

रास्वपा सभापतिमा रवि लामिछाने निर्बिरोध निर्वाचित

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!