अरुण कुमार यादव/सप्तरी/असोज १७ गते।लोकतान्त्रि समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले देशमा अस्थितरता ल्याउनको लागि बिभेद अन्तय हुनुपर्ने बताउनुभएको छ ।लोकतान्त्रि समाजवादी पार्टी नेपाल सप्तरीले आज राजविराजमा आयोजना गरेको स्वागत तथा समान्न कार्यक्रमलाई सम्बोधन गर्दे नेपालको राजनैतिमा अस्थिरता नभए सम्म कुनै पनि सरकार टिकन नसकिने बताउनुभयो ।अहिले गठबन्धनमा पनि मन्त्री मण्डल बिस्तारको नाममा मत भिनता भइरहेको बताउदै देउवा सरकार बनेको भण्डै तीन महिना हुन लाग्दा समेत मन्त्री परिर्षद गठन गर्न सरकार परेशन भइरहेको उहाँले बताउनुभयो ।

उहाँले जनआनदोलन र मधेस आन्दोलनका बेला राखिएका मागहरु पुरा हुनुपर्ने बताउदै जातिय लैङगिकको अधारमा संबिधान संशोन आवश्यक रहेको बताउनुभयो ।पहिचानको आधारमा संबिधान संशोधन हुनुपर्ने बताउदै जनसंख्याको अधारमा स्थानिय तहको पुनसंरचना हुनुपर्ने उहाँले जोड दिनुभयो ।

त्यस्तै सोही कार्यक्रममा लोकतान्त्रि समाजवादी पार्टीका बरिष्ट नेता राजेन्द्र महतोले पहिचान सहितको संघियता,समावेसिता,लैङगिकता,मधेसी,मुस्लिम,थारु लगायतका अधिकार प्राप्तीको संबिधान संशोधन हुनुपर्ने बताउनुभयो ।जनताको पहिचानको अधिकार नभए सम्म सघर्ष जारी रहने भन्दै अधिकार प्राप्तीको लागि राष्ट्रिय मुक्ति आन्दोलनको जरुरी रहेको बताउनुभयो ।

देश निर्माणमा बिभिन्न जातजाती,मुस्लिम,थारु,मधेसी लगायतको पहिचान हुने संघियता सहितको संबिधान संशोधन आवश्यक रहेको उल्लेख गर्दै जनताको पहिचान सहित बराबरीको अधिकार नभएको आरोप लगाउनुभयो ।

उहाँले पार्टी एकता तोडनेलाई दण्डीत गर्नुपर्ने बताउदै अधिकार प्राप्त गर्न मधेसी,थारु,जनजाति,मुस्लिम लगायत पिडित बिभिन्न वर्गका सबै मिलेर आन्दोलन गनुपर्ने उहाँले जोड दिनुभयो ।त्यस्तै लोसपा नेता सरदसिँह भण्डारीले अहिलेको संबिधान मधेसको मुद्धा नसमेटिएको संबिधान भएकोले तत्काल संशोधन हुनुपर्ने बताउनुभयो ।

पार्टी एकता संगठित नभए सम्म अधिकार प्राप्त हुन नसकिने भन्दै मधेसीको अधिकारका लागि सबै पार्टी एक बद्ध हुनुपर्ने जोड दिनुभयो।जिल्लाका पुर्व अध्यक्ष अमर मण्डलको अध्यक्षतामा सम्पन्न भएको स्वागत तथा समान कार्यक्रममा बिभिन्न नेता तथा कार्यकर्ताहरु शुभकामना ब्यक्त गरेका थिए भने पार्टीका केन्द्रीय नेताहरुले कार्यकर्ताहरुलाई फुलअबिरमाला लगाएर समान्न गरेको थियो ।




















Discussion about this post