nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आज बडादशैंको पहिलो दिन, घर घरमा जमरा राखिँदै

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज २५, २०८३, १:२८ मध्यान्ह
आज हर्षोल्लासका साथ विजया दशमी मनाइँदै, टीकाको साइत बिहान ११:३६ बजे

काठमाडाैं/असाेज २५ गते । आज बडादसैँको पहिलो दिन अर्थात् आश्विन शुक्ल प्रतिपदालाई घटस्थापना भनिन्छ। यस दिनदेखि नेपालीहरूको महान् चाड बडादसैँ औपचारिक रूपमा सुरु हुन्छ। यस दिनको धार्मिक, सांस्कृतिक र पौराणिक महत्त्व धेरै ठुलो छ।

पौराणिक कथा अनुसार, महिषासुर नामका एक शक्तिशाली राक्षसले स्वर्ग र पृथ्वीमा ठुलो आतंक मच्चाएका थिए। उनको अत्याचारबाट देवताहरू समेत त्रसित भएर भाग्नुपरेको थियो। राक्षसको अन्त्यका लागि ब्रह्मा, विष्णु र महेश (शिव) लगायतका प्रमुख देवताहरूले आफ्नो तेज (ऊर्जा) मिलाएर एक महाशक्तिशाली नारी शक्तिको सिर्जना गरे, जसलाई माता दुर्गा भनियो। माता दुर्गा र महिषासुरबीच लगातार नौ दिनसम्म भीषण युद्ध भयो। नौ रातको यो युद्धपछि दसौँ दिनमा देवीले महिषासुरको वध गरिन् र सत्य, न्याय तथा धर्मको विजय भयो। यही नौ दिनको लडाइँको सम्झनामा नवरात्रभर देवीको आरधाना र पूजा गर्ने चलन बसेको हो। धर्मशास्त्र अनुसार यस दिन माता दुर्गा स्वर्गलोकबाट पृथ्वीलोकमा आगमन गर्नुहुन्छ भन्ने धार्मिक विश्वास रहेको छ।

अर्को ऐतिहासिक तथा पौराणिक ग्रन्थ रामायणका अनुसार त्रेतायुगमा भगवान् रामले लंकाका राजा रावणसँग युद्ध गर्न जानुअघि विजय प्राप्त गर्नका लागि आश्विन शुक्ल प्रतिपदाकै दिन देखि चण्डी पाठ र नवरात्र व्रत सुरु गरेका थिए । भगवान् रामले नौ दिनसम्म विधिपूर्वक देवीको पूजा गरेपछि दशमीको दिन माता दुर्गाबाट विशेष शक्ति र आशीर्वाद प्राप्त गरी रावणमाथि विजय हासिल गरेकाे विश्वास गरिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्षको बडादशैँ अन्तर्गत जमरा राख्ने (घटस्थापना) शुभ साइत बिहान ११ बजेर ४७ मिनेटमा उत्तम रहेको छ। तर, घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले पूजा तथा जमरा राख्नुपूर्व तिनको शान्ति (दोष निवारण) गर्नुपर्ने समितिले जनाएको छ।

यस दिन घरको पूजाकोठा वा दसैँघरमा पवित्र बालुवा र माटो मिसाएर उसमा जौ, गहुँ, मकै वा धान छर्ने गरिन्छ। यसलाई ‘जमरा’ भनिन्छ, जुन विजयादशमीका दिन टीका लगाउँदा मान्यजनको हातबाट प्रसादको रूपमा लगाइन्छ। घटस्थापनाका दिन पूजाकक्षमा जलले भरिएको कलश (घट) स्थापना गरिन्छ। यस कलशमा गणेश, वरुणादी देवता र नवदुर्गाको आह्वान गरी पूजा गरिन्छ। कलशको माथि आँप वा अशोकको पालव (पल्लव) राखेर त्यसमाथि नरिवल राखिन्छ।  घडालाई ब्रम्हा, विष्णु र महेशसहित सम्पूर्ण देवी-देवता, सागर, सप्तद्वीप र तीर्थहरूको प्रतीक मानिन्छ। यसमा जल राखेर तामा वा माटो माथि जौ छर्ने ठाउँ बनाइन्छ। यस दिनदेखि नवरात्रभरि (नौ रात दस दिन) शक्ति स्वरूपा नवदुर्गा भवानी (शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री) को विधिपूर्वक आह्वान र आरधाना गरिन्छ।

घटस्थापनामा उमार्ने गरिने जौको जमरालाई आयुर्वेदमा औषधीय गुणले युक्त मानिन्छ। जमराको रस स्वास्थ्यका लागि अत्यन्त लाभदायक मानिन्छ, जसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ। महान चाडपर्वको सुरुआतसँगै घर टोल सरसफाइ गर्ने, पूजापाठ र सकारात्मक वातावरण सिर्जना गर्ने परम्पराले मानसिक ताजगी र सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। घटस्थापनाले व्यक्तिभित्र रहेका नकारात्मक प्रवृत्ति, अहङ्कार र विकारहरूलाई हटाएर सदाचार, शक्ति र सकारात्मक ऊर्जा प्राप्त गर्ने प्रेरणा प्रदान गर्दछ।

नौ दिनको यो अवधिलाई साधकहरूले आत्मिक शुद्धता, संयम र मानसिक एकाग्रताको समयको रूपमा लिन्छन्। यस अवधिमा मन, वचन र कर्मले शुद्ध भएर देवीको उपासना गर्नाले घरमा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वाश छ।

Tags: धर्म/संस्कृतीनवरात्री विशेषबडादशैसमाचार

Discussion about this post

Related Posts

सरकारको उदासीनताले अर्थतन्त्र कमजोर, नागरिकको जनजीविका सङ्कटमा : कांग्रेस

सरकारको उदासीनताले अर्थतन्त्र कमजोर, नागरिकको जनजीविका सङ्कटमा : कांग्रेस

विवाहपञ्चमीको निमन्त्रणा दिन जनकपुरधामबाट टोली अयोध्या प्रस्थान

विवाहपञ्चमीको निमन्त्रणा दिन जनकपुरधामबाट टोली अयोध्या प्रस्थान

हलिउड बक्स अफिसमा हलचल: पहिलो हप्तामै ५० करोड डलर कमाउँदै दुइ फिल्म

हलिउड बक्स अफिसमा हलचल: पहिलो हप्तामै ५० करोड डलर कमाउँदै दुइ फिल्म

रवि लामिछानेको कार्यकर्तालाई व्यङ्ग्य, ‘ओहो ! महासभापति ज्यू नमस्कार !’

रवि लामिछानेको कार्यकर्तालाई व्यङ्ग्य, ‘ओहो ! महासभापति ज्यू नमस्कार !’

एनभिडियाको पुनरागमनसँगै हुवाङ फाउन्डेसनको छलाङ, एकै दिनमा २.३ अर्ब डलर कमाइ

एनभिडियाको पुनरागमनसँगै हुवाङ फाउन्डेसनको छलाङ, एकै दिनमा २.३ अर्ब डलर कमाइ

प्रदर्शनकारीको मृत्युदण्ड जोखिमबारे आवाज उठाएका इरानी लेखक पक्राउ

प्रदर्शनकारीको मृत्युदण्ड जोखिमबारे आवाज उठाएका इरानी लेखक पक्राउ

समय रैना बने १० लाख पेड मेम्बर्स भएका विश्वकै पहिलो युट्युबर

समय रैना बने १० लाख पेड मेम्बर्स भएका विश्वकै पहिलो युट्युबर

रुसद्वारा सोभियत युगयताकै सबैभन्दा ठूलो रक्षा बजेट पारित

रुसद्वारा सोभियत युगयताकै सबैभन्दा ठूलो रक्षा बजेट पारित

नेटफ्लिक्सविरुद्ध सुकेश चन्द्रशेखरको कानुनी कदम, डकुमेन्ट्री रोक्न माग

नेटफ्लिक्सविरुद्ध सुकेश चन्द्रशेखरको कानुनी कदम, डकुमेन्ट्री रोक्न माग

भारतीय बजारमा ‘रामायण’ काे पनि १,००० करोड पुग्ने निश्चित, बन्दै चाैथाे फिल्म

भारतीय बजारमा ‘रामायण’ काे पनि १,००० करोड पुग्ने निश्चित, बन्दै चाैथाे फिल्म

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि