nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा दशैं बजार उद्घाटन, १५० स्टलमार्फत सहुलियतमा सामान बिक्री हुने

गिरिजानन्द साह गिरिजानन्द साह
अशोज २४, २०८३, ८:१२ मध्यान्ह
जनकपुरधाममा दशैं बजार उद्घाटन, १५० स्टलमार्फत सहुलियतमा सामान बिक्री हुने

गिरिजानन्द साह/जनकपुरधाम/असोज २४ गते। दशैं पर्वलाई लक्षित गरी जनकपुरधाममा प्रत्येक वर्ष आयोजना हुँदै आएको परम्परागत दशैं बजार शनिबार एक समारोहबीच उद्घाटन गरिएको छ । घटस्थापनादेखि विजयादशमीसम्म सञ्चालन हुने बजार आइतबारदेखि विधिवत् रूपमा सञ्चालनमा आउने आयोजकले जनाएको छ ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्रकुमार भण्डारीको अध्यक्षतामा आयोजित उद्घाटन समारोहका प्रमुख अतिथि मधेश प्रदेशसभा सदस्य दीपेन्द्रकुमार ठाकुरले बजारको उद्घाटन गर्दै दशैं बजार जनकपुरधामको पहिचान र गौरवसँग जोडिएको बताए ।

उनले दशैं बजारलाई थप व्यवस्थित र प्रभावकारी बनाउन राज्यका सबै निकाय गम्भीर हुनुपर्नेमा जोड दिए । विजयादशमीका अवसरमा नेपालका विभिन्न जिल्ला तथा भारतका सीमावर्ती क्षेत्रबाट पर्यटक जनकपुरधाम आउने गरेको उल्लेख गर्दै ठाकुरले धार्मिक तथा सांस्कृतिक पर्यटनको विकाससँगै स्थानीय व्यापार प्रवर्द्धनमा ध्यान दिनुपर्ने बताए ।

पर्यटन र व्यवसायलाई सँगसँगै अघि बढाउन सके मात्रै जनकपुरधामवासीको आर्थिक समृद्धिमा योगदान पुग्ने उनको भनाइ थियो । जनकपुरधामको विजयादशमीलाई थप भव्य बनाउन नागरिक समाजको भूमिका पनि महत्त्वपूर्ण रहेको उनले बताए ।

यस वर्ष दशैं बजारमा विभिन्न सामग्रीका १५० वटा स्टल राखिएका छन् । बजारमा दैनिक उपभोग्य वस्तु तथा चाडपर्वमा आवश्यक पर्ने विभिन्न सामग्री बिक्रीका लागि उपलब्ध हुनेछन् ।

कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले दशैं बजारमा उपभोक्तालाई सहुलियत दरमा सामान उपलब्ध गराउन व्यवसायीलाई आग्रह गरे । उनले सम्भव भएसम्म बजार मूल्यभन्दा सस्तोमा वस्तु तथा सेवा उपलब्ध गराएर चाडपर्वका बेला उपभोक्तालाई राहत दिनुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी लुइँटेलले दशैं, दीपावली तथा छठ पर्वलाई लक्षित गरी धनुषा जिल्लाको सुरक्षा व्यवस्था सुदृढ बनाइएको जानकारी दिए । दशैं बजारसहित जिल्लाका विभिन्न स्थानमा नियमित र सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गरिएको उल्लेख गर्दै उनले विगतको तुलनामा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाइएको बताए ।

जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शिवशंकर साह हिराले दशैं बजारको प्रवर्द्धनमा स्थानीय तथा प्रदेश सरकारले अपेक्षित लगानी नगरेको गुनासो गरे । पर्यटन व्यवसायलाई प्रोत्साहन गर्ने, पर्यटकीय गतिविधि बढाउने र स्थानीय अर्थतन्त्रलाई सबल बनाउने जिम्मेवारी सरकारले प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।

उनले भारतसँगको सीमावर्ती क्षेत्रमा पर्यटकको आवागमनका क्रममा विभिन्न समस्या हुने गरेको उल्लेख गर्दै सहज आवागमनको व्यवस्था मिलाउन सुरक्षा निकाय तथा स्थानीय सरकारसँग आग्रह गरे । पर्यटकको आवागमन सहज बनाउनुका साथै व्यापारमैत्री वातावरण निर्माण गर्न सके जनकपुरधामको धार्मिक पर्यटन र स्थानीय व्यवसाय दुवै लाभान्वित हुने उनले बताए ।

कार्यक्रममा संघका पूर्वअध्यक्ष बजरंगप्रसाद साह, इन्जिनियर प्रकाशचन्द्र साहलगायतले दशैं बजारको व्यवस्थापन, व्यापार प्रवर्द्धन तथा पर्यटन विकासका विषयमा धारणा राखेका थिए ।

बाढीपीडितलाई सहयोग गर्ने नौ जना सम्मानित

यसैबीच, जनकपुरधाम उद्योग वाणिज्य संघले गत भदौ १० गते रसुवालगायतका जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकका लागि राहत सङ्कलन अभियानमा सहयोग गर्ने नौ जनालाई सम्मानपत्र प्रदान गरेको छ ।

सम्मानित हुनेमा सन्तोष गोयन्का, विश्वनाथ साह, सीतादेवी मण्डल, मनोजकुमार साह, सुशीललाल दास, प्रकाश साह, मीनादेवी, मुन्नीदेवी र श्रीराम साह रहेका छन् ।

दशैं बजारको उद्घाटन समारोहकै अवसरमा सहयोगीहरूलाई सम्मान गरिएको संघले जनाएको छ । चाडपर्वको व्यापार प्रवर्द्धनसँगै सामाजिक उत्तरदायित्व र मानवीय सहयोगको भावनालाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गरिएको हो ।

Tags: Breaking News NepalDhanusha NewsJanakpur NewsLatest News NepalMadhesh NewsNepal NewsSajilo PostSajilo Post MediaSajilo Post NewsSajiloPost.comजनकपुरधामसमाचार

Discussion about this post

Related Posts

धनुषा : ई–रिक्साभित्र लुकाएर ल्याइएका ८ लाख ८५ हजारका सामान बरामद

धनुषा : ई–रिक्साभित्र लुकाएर ल्याइएका ८ लाख ८५ हजारका सामान बरामद

जनकपुरधाम जेसिजको जेसिज सप्ताह २०२६ भव्यताका साथ सम्पन्न

जनकपुरधाम जेसिजको जेसिज सप्ताह २०२६ भव्यताका साथ सम्पन्न

युवा नेतृत्व विकासमा जेसीजको भूमिका महत्त्वपूर्ण : प्रदेशसभा सदस्य ठाकुर

युवा नेतृत्व विकासमा जेसीजको भूमिका महत्त्वपूर्ण : प्रदेशसभा सदस्य ठाकुर

इन्टरनेटको शुल्क बढेको छैन, बढी रकम लिए कारबाही गर्ने प्राधिकरणको चेतावनी

इन्टरनेटको शुल्क बढेको छैन, बढी रकम लिए कारबाही गर्ने प्राधिकरणको चेतावनी

जसपा नेपालका जनकपुर नगर सचिव प्रशान्त झाले दिए पार्टीबाट राजीनामा

जसपा नेपालका जनकपुर नगर सचिव प्रशान्त झाले दिए पार्टीबाट राजीनामा

अनलाइन ठगीमा सात युवा पक्राउ, नागरिकता र सिमकार्डको दुरुपयोगको आशंका

अनलाइन ठगीमा सात युवा पक्राउ, नागरिकता र सिमकार्डको दुरुपयोगको आशंका

३५ वर्षमै २१ विवाह गरेको भिखारीको दाबी, आठ पत्नीको नाम मात्रै सम्झिन्छन्

३५ वर्षमै २१ विवाह गरेको भिखारीको दाबी, आठ पत्नीको नाम मात्रै सम्झिन्छन्

महोत्तरीको हत्या प्रकरण : तीनजना पुर्पक्षका लागि जेलमा, एकजनालाई धरौटी

महोत्तरीको हत्या प्रकरण : तीनजना पुर्पक्षका लागि जेलमा, एकजनालाई धरौटी

युट्युबर ध्रुव राठी पक्राउ, नयाँ दिल्लीमा इन्टरनेट सेवा बन्द

युट्युबर ध्रुव राठी पक्राउ, नयाँ दिल्लीमा इन्टरनेट सेवा बन्द

चाडपर्व सुरक्षामा रौतहट प्रहरीको कडाइ, ८९७ प्रहरी परिचालन गरिने

चाडपर्व सुरक्षामा रौतहट प्रहरीको कडाइ, ८९७ प्रहरी परिचालन गरिने

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि