अरुण कुमार यादव/सप्तरी/असोज १६ गते ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा छापा मारेको विरोधमा जनता समाजवादी पार्टी नेपाल (जसपा)ले आज साँझ राजविराजमा मसाल जुलुस प्रर्दशन गरेका छन ।
युवा बिद्यार्थीको अगुवाइमा स्थानिय शिव मंदिरबाट सुरु गरिएको मसाल जुलुस प्रर्शन नगरको बिभिन्न भागमा प्रदर्शन गरि जनआनदोल चौकमा कोन सभा गरिएको छ ।
आयोजित कोण सभामा बिद्यार्थी प्रदेश सदस्य श्याम यादव,बिद्यार्थी नेता शम्भु यादव, महिला नेतृ रमिला देवी साह,गिता यादव र बिद्यार्थी नेता रंजीत यादव लगायतका मन्तब्य गरेका छन ।
जसपा प्रदेश २ मधेश कमिटीले एक विज्ञप्ती जारी गर्दै आन्दोलनको कार्यक्रम अन्तर्गत आज साँझ प्रदेश २ को आठवटै जिल्लाको सदरमुकाममा मसाल जुलुस र भोलि आइतबार सदरमुकामहरुमा प्रदर्शन गर्ने जसपाले जनाएको छ ।
केन्द्रिय कार्यालयबाट आएको अख्तियारको टोलिले गत बुधबार दिउँसो मुख्यमन्त्री कर्यालयमा छापा मारेको थियो । ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत भएको साइकल खरिदको कागजात अख्तियारले लगेको थियो ।
लोकप्रिय कार्यक्रम बेटी पढाउ, बेटी बचाउ कार्यक्रमलाई बदनाम गराउन अख्यितारले छापा मारेका आरोप लगाउँदै जसपाले आपति समेत जनाएको छ ।
















Discussion about this post