काठमाडाैं/२३ असोज । नेकपा (एमाले) ले मधेस प्रदेशसभामा रिक्त रहेको समानुपातिक सांसद पदमा नाजमा खातुनलाई पठाउने निर्णय गरेको छ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले मधेस प्रदेशसभाको समानुपातिकतर्फ रिक्त पदमा नाजमालाई मनोनीत गर्ने निर्णय गरेको हो। उनी एमालेको समानुपातिक बन्दसूचीको ४०औँ नम्बरमा रहेकी थिइन्।
बैठकको निर्णयबारे एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिएका हुन । यसअघि एमालेबाट मधेस प्रदेशसभा सदस्य रहेकी रौतहटको फतुवा विजयपुर नगरपालिका–५, सन्तपुर दोस्तिया निवासी जैनब खातुनको निधन भएपछि उक्त पद रिक्त भएको थियो।
रौतहट–३ बाट समानुपातिकतर्फ प्रदेशसभामा प्रतिनिधित्व गर्दै आएकी जैनब प्रदेशसभाको अर्थ तथा योजना समितिकी सदस्यसमेत हुनुहुन्थ्यो।
अचानक स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेज पुर्याइएकी जैनबको गत असोज १ गते निधन भएको थियो। परिवारका अनुसार रगतमा चिनीको मात्रा (शुगर लेभल) अचानक बढेपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो।
जैनबको निधनपछि रिक्त पदमा नाजमालाई पठाउने एमालेको निर्णयसँगै मधेस प्रदेशसभामा पार्टीको समानुपातिक प्रतिनिधित्व कायम रहने भएको छ। निर्वाचन आयोगको कानुनी प्रक्रिया पूरा भएपछि नाजमाले प्रदेशसभा सदस्यका रूपमा पद तथा गोपनीयताको शपथ लिई जिम्मेवारी सम्हाल्नुहुनेछ।















Discussion about this post