nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जीर्ण बन्दै बानेश्वरनाथ झोलुङ्गे पुल: आवागमन जोखिमपूर्ण, तत्काल मर्मत गर्न स्थानीयको माग

गिरिजानन्द साह गिरिजानन्द साह
अशोज २३, २०८३, ८:४१ मध्यान्ह
जीर्ण बन्दै बानेश्वरनाथ झोलुङ्गे पुल: आवागमन जोखिमपूर्ण, तत्काल मर्मत गर्न स्थानीयको माग

सञ्जय मिश्रा/रौतहट, २३ असोज । रौतहटको सदरमुकाम गौर नगरपालिका र ईशनाथ नगरपालिकालाई जोड्ने लालबकैया नदीमाथिको बानेश्वरनाथ झोलुङ्गे पुल जीर्ण बन्दै गएपछि सर्वसाधारणको आवागमन जोखिमपूर्ण बनेको छ।

पुलका विभिन्न संरचना कमजोर हुँदै गएकाले सम्भावित दुर्घटना हुनुअघि नै तत्काल मर्मतसम्भार गर्न स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

गौरस्थित महादेव मन्दिरबाट केही मिटर पश्चिमतर्फ रहेको उक्त पुल मधेस प्रदेशकै लामो झोलुङ्गे पुलमध्ये एक मानिन्छ। पुल सञ्चालनमा आएपछि गौर र ईशनाथ क्षेत्रका स्थानीय बासिन्दा, पैदलयात्री तथा साइकल र मोटरसाइकल चालकका लागि यो प्रमुख आवागमन मार्गका रूपमा प्रयोग हुँदै आएको छ।

तर, पछिल्लो समय पुलमा जडान गरिएका फलामे जाली, नट-बोल्ट तथा भार थेग्ने मुख्य फलामे तार कमजोर हुँदै गएको स्थानीयको गुनासो छ। पुलका विभिन्न स्थानमा फलामे तार नट-बोल्टबाट छुट्टिएर झुन्डिएको तथा कतिपय संरचना खुकुलो भएको उनीहरूको भनाइ छ।

स्थानीयका अनुसार पुलका दुवैतर्फ भार थेग्ने मुख्य फलामे तारसमेत विभिन्न ठाउँमा खुस्किने र लचिलो हुने समस्या देखिएको छ। यसले सर्वसाधारणमा सुरक्षा चिन्ता बढाएको छ। दैनिक आवागमनमा निर्भर स्थानीयले समयमै प्राविधिक जाँच र मर्मत नगरिए ठूलो दुर्घटना हुन सक्ने आशंका व्यक्त गरेका छन्।

‘दुर्घटनापछि होइन, जोखिम देखिँदै ध्यान दिइयोस्’

सार्वजनिक पूर्वाधारमा देखिने सामान्य कमजोरीलाई समयमै सम्बोधन नगर्दा गम्भीर दुर्घटना हुन सक्ने भएकाले यसलाई बेवास्ता नगर्न स्थानीयले जोड दिएका छन्। विशेषगरी पैदलयात्री र दुईपाङ्ग्रे सवारीसाधन नियमित आवतजावत गर्ने पुलमा संरचनागत कमजोरी देखिनु सुरक्षाका दृष्टिले गम्भीर मानिन्छ।

पुलको वास्तविक अवस्थाबारे सम्बन्धित प्राविधिक निकायबाट तत्काल स्थलगत निरीक्षण तथा परीक्षण आवश्यक देखिन्छ। परीक्षणपछि जोखिमयुक्त भागको तत्काल मर्मत गर्न, आवश्यक सुरक्षा व्यवस्था मिलाउन र मर्मत नसकिउन्जेल आवागमन नियन्त्रण गर्नुपर्ने स्थानीयको माग छ।

सम्बन्धित नगरपालिका तथा पूर्वाधार रेखदेखको जिम्मेवारी पाएको निकायलाई तत्काल कदम चाल्न आग्रह गरिएको छ। दुर्घटना भएपछि मात्रै ब्युँझिने प्रवृत्ति छाडेर समयमै पूर्वसावधानी अपनाउनु नै जनसुरक्षाका लागि हितकर हुने स्थानीयको भनाइ छ।

Tags: Breaking News NepalLatest News NepalMadhesh NewsNepal NewsSajilo PostSajilo Post MediaSajilo Post NewsSajiloPost.comरौतहट खबर

Discussion about this post

Related Posts

संघीयता बलियो बनाउन सञ्चारमाध्यम सबल हुनुपर्छ : सभामुख यादव

संघीयता बलियो बनाउन सञ्चारमाध्यम सबल हुनुपर्छ : सभामुख यादव

पत्रकार महासंघको साधारण सभा मंसिर २६-२७ गते बागमती प्रदेशमा हुने

पत्रकार महासंघको साधारण सभा मंसिर २६-२७ गते बागमती प्रदेशमा हुने

जैनबको निधनपछि एमालेले नाजमालाई बनायो प्रदेश सांसद

जैनबको निधनपछि एमालेले नाजमालाई बनायो प्रदेश सांसद

सिरहामा अवैध रूपमा ग्राभेल उत्खनन: ६ टिपर र जेसिबी नियन्त्रणमा

सिरहामा अवैध रूपमा ग्राभेल उत्खनन: ६ टिपर र जेसिबी नियन्त्रणमा

दलित समुदायका लागि बजेट विनियोजन मात्रै होइन, प्रभावकारी कार्यान्वयन पनि आवश्यक

दलित समुदायका लागि बजेट विनियोजन मात्रै होइन, प्रभावकारी कार्यान्वयन पनि आवश्यक

जनकपुरधाम जेसिज द्धारा आयोजित जेसिज सप्ताह अन्तर्गत स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

जनकपुरधाम जेसिज द्धारा आयोजित जेसिज सप्ताह अन्तर्गत स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

जनकपुरधामको बाह्र बिघा मैदानमा हिरोको मेगा एक्सचेन्ज मेलामा रामपृत यादवले जिते एक लाख रुपैयाँ

जनकपुरधामको बाह्र बिघा मैदानमा हिरोको मेगा एक्सचेन्ज मेलामा रामपृत यादवले जिते एक लाख रुपैयाँ

दिगो प्याकेजिङ र हरित व्यवसायका पाँच उद्यमी पुरस्कृत

दिगो प्याकेजिङ र हरित व्यवसायका पाँच उद्यमी पुरस्कृत

चार वर्षमा पनि पूरा भएनन् जनकपुरधामका मेयर साहको २१ बुँदे प्रतिबद्धता

चार वर्षमा पनि पूरा भएनन् जनकपुरधामका मेयर साहको २१ बुँदे प्रतिबद्धता

जनकपुरधाममा रक्तदान कार्यक्रम, ४१ जनाले गरे रक्तदान

जनकपुरधाममा रक्तदान कार्यक्रम, ४१ जनाले गरे रक्तदान

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि