nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

निको कप महिला टी–२० राष्ट्रिय क्रिकेटको उपाधि कोशी प्रदेशलाई

सजिलो पोस्ट सजिलो पोस्ट
असार १४, २०८३, १०:०२ मध्यान्ह
निको कप महिला टी–२० राष्ट्रिय क्रिकेटको उपाधि कोशी प्रदेशलाई

वीरगञ्ज/असार १४ गते । निको कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८३ को उपाधि कोशी प्रदेशले जितेको छ। मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेश खेलकुद परिषद् तथा नेपाल खेलकुद महासङ्घको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनलमा कोशीले नेपाल एपीएफ क्लबलाई ११ रनले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो।

प्रतियोगिताका अधिकांश खेल धनुषाको निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशालामा सञ्चालन गरिएको थियो भने एक सेमिफाइनल र फाइनल खेल वीरगञ्जमा आयोजना गरिएको थियो।

फाइनलमा टस जितेर पहिले ब्याटिङ रोजेको कोशी प्रदेशले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ९८ रन बनाएको थियो। टोलीका लागि काजल श्रेष्ठले ५१ बलमा ३८ रनको महत्वपूर्ण इनिङ्स खेलिन्। प्रीसा राना मगरले १६, रुबीना क्षेत्रीले १२ तथा लखिता राजवंशीले १० रनको योगदान दिए।

एपीएफका तर्फबाट सुमन विष्ट, शबनम राई, कविता जोशी र सीता राना मगरले समान एक–एक विकेट लिए।

९९ रनको लक्ष्यसहित मैदान उत्रिएको नेपाल एपीएफ क्लब १९.५ ओभरमा ८७ रनमै अलआउट भएपछि उपाधि कोशी प्रदेशको पोल्टामा पुगेको हो। एपीएफका लागि कविता जोशीले १४ तथा रेवती धामीले १२ रन बनाए पनि अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

बलिङतर्फ कोशी प्रदेशकी रुबीना क्षेत्रीले ३ विकेट लिएर टोलीको जितमा महत्वपूर्ण भूमिका निभाइन्। रिमा शर्मा र निरु राजवंशीले समान २–२ विकेट लिए भने टिका साह र अप्सारी बेगमले एक–एक विकेट हात पारे।

फाइनलमा उत्कृष्ट प्रदर्शन गरेकी काजल श्रेष्ठ ‘प्लेयर अफ दि म्याच’ घोषित भइन्।

प्रतियोगितामा सातवटै प्रदेशका महिला टोलीका साथै विभागीय टोली नेपाल एपीएफ क्लब गरी आठ टोलीको सहभागिता रहेको थियो। आयोजकका अनुसार प्रतियोगिताले महिला क्रिकेटको स्तर उकास्न, नयाँ खेलाडीलाई अवसर प्रदान गर्न तथा राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Tags: खेलकुद

Discussion about this post

Related Posts

भोटेकोशी र त्रिशुलीका तटिय तीन जिल्ला ‘संकटग्रस्त क्षेत्र घोषणा

महोत्तरीका १८ जना सम्पर्कविहीन, १ जना सम्पर्कमा

भोटेकोशी बाढीमा मधेशका १२६ जना बेपत्ता, सप्तरीबाट मात्रै ३० जना 

भोटेकोशी बाढीमा मधेशका १२६ जना बेपत्ता, सप्तरीबाट मात्रै ३० जना 

जनलोकपालले बुझाए वार्षिक प्रगति प्रतिवेदन विवरण

जनलोकपालले बुझाए वार्षिक प्रगति प्रतिवेदन विवरण

बाढीपीडितलाई एनआरएनएको पाँच करोड सहयोग, १ करोडको राहत वितरण, ४ करोड प्रधानमन्त्री उद्दार कोषमा

बाढीपीडितलाई एनआरएनएको पाँच करोड सहयोग, १ करोडको राहत वितरण, ४ करोड प्रधानमन्त्री उद्दार कोषमा

भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने

भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने

चिनियाँ राष्ट्रपतिकाे अध्यक्षतामा बैठक, नेपाललाई आपतकालीन सहायता दिने निर्णय

चिनियाँ राष्ट्रपतिकाे अध्यक्षतामा बैठक, नेपाललाई आपतकालीन सहायता दिने निर्णय

मधेशमा ७६ लेखा कर्मचारीको सरुवा, एउटै कार्यालयमा लामो समय बस्ने प्रवृत्तिमा अंकुश

मधेशमा ७६ लेखा कर्मचारीको सरुवा, एउटै कार्यालयमा लामो समय बस्ने प्रवृत्तिमा अंकुश

भोटेकोशी बाढी पीडितलाई सुदुरपश्चिम सरकारको २ करोड सहयोग

भोटेकोशी बाढी पीडितलाई सुदुरपश्चिम सरकारको २ करोड सहयोग

संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस

बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

रसुवा बाढी : रौतहटका १६ जना सम्पर्कविहीनमध्ये ६ जना भेटिए, प्रहरी हवलदारसहित १० जना अझै बेपत्ता

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि