nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

असल कामका विरुद्ध जुलुस गर्नेले सहानुभूति पाउनु दुःखद : अध्यक्ष डा.सिके राउत

गिरिजानन्द साह गिरिजानन्द साह
फाल्गुन ४, २०८१, ७:१७ मध्यान्ह
असल कामका विरुद्ध जुलुस गर्नेले सहानुभूति पाउनु दुःखद : अध्यक्ष डा.सिके राउत

जकपुरधाम/फागुन ४ गते। जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सिके राउतले मधेश प्रदेशमा प्रदेश सरकारले विकास तथा परिवर्तनका लागि थुप्रा योजना कार्यान्वयन गरिरहेको भन्दै तिनमा योगदान दिन र त्यसबारे संज्ञान लिन युवा विद्यार्थीलाई आग्रह गरेका छन् । नेपाल रिपब्लिक मिडियाद्वारा ‘म नागरिक म बनाउँछु नेपाल’ अभियानअन्तर्गत जनकपुरधाममा आइतबार आयोजना भएको बहस कार्यक्रममा विज्ञवक्ताका रूपमा सहभागी डा.राउतले जिज्ञासु विद्यार्थीहरूले गरेका फरकफरक प्रश्नका उत्तर दिनेक्रममा प्रदेशमा साक्षरता र कोडिङ आर्मी बनाउने अवधारणामा काम भइरहेको बताए ।

उनले सतवटै प्रदेशमध्ये निरक्षरता, गरीबी आदि दृष्टिले मधेश प्रदेश सबैभन्दा पिछडिएको प्रदेशमा गनिने गरेको हुँदा यसमा फड्को ल्याउन तीसहितका विभिन्न कार्यक्रम ल्याइएको स्पस्ट पार्दै ती आधारणाअन्तर्गत साक्षरता प्रतिशत वृद्धि गर्ने, प्लसटु उतीर्ण गरेका वा स्नातक पढ्दै गरेका दस हजारसम्मलाई कोडिङसम्बन्धी तीनचार महिनाको तालिम दिई काममा लगाउने, आइटी पार्क निर्माण गर्ने इक्वीवेसन सेन्टर र स्पेस सेन्टर नै स्थापना गर्नेगरी काम अघि बढाइएको जानकारी दिए । उनले भने, ‘पहाडमा कुनाकुनामा मधेशका अझ धनुषाका शिक्षक गएर पढाएका होलान्, हामीले जहिल्यै पनि धनुषा भनेको जनकपुर हो र जनकपुर विद्याको राजधानी अझ ज्ञानको भण्डार हो भन्नेमा गर्व गर्यौँ । तर, हामीले यस्तो भन्दाभन्दै यहाँको साक्षरतादर खस्क्यिो ।’ कर्णालीभन्दा पनि कमजोर मधेश प्रदेशको साक्षरता दर बढाउन सात वर्ष रहेको पूर्ववर्ती प्रदेश सरकारले सिन्कोसम्म नभाँचेको उनको गुनासो थियो ।

प्रदेशमा विद्यमान गरीबी र बेरोजगारीका कारण बहुआयामिक भएको उल्लेख गर्दै उनले यसका लागि सरकारसँगै नागरिक आफैँ पनि जिम्मेवार रहेको बताए । जनमत अध्यक्ष डा.राउतले साक्षरतादर नबढाउँदासम्म र रोजगारी दिने विषय नपढ्दासम्म बेरोजगारीका समस्या समाधान गर्न कठिन हुने उल्लेख गरे । उनले भने, ‘जुन पढाइले रोजगार दिन्छ, त्यो पढ्नुपर्यो । डिग्रीमात्र थन्कयाएर हुँदैन ।’ अध्यक्ष डा.राउतले फोहोर व्यवस्थापनको जिम्मा स्थानीय सरकारको भएकाले स्थानीय तहमा जनप्रतिनिधि चयन गर्दा विवेक पुर्याएर फोहोर व्यवस्थापन गर्नेलाई भोट दिनुपर्ने बताए । उनले पैसा, जाति, दलका कारण मत दिने प्रवृत्तिलाई त्यागेर राम्रो तथा प्रभावकारी काम गर्ने व्यक्तिलाई जनप्रतिनिधिका रूपमा छनोट गरे फोहोरजस्ता समस्या समाधान हुने प्रस्ट्याए । उनले फोहोर व्यवस्थापनका सन्दर्भमा नागरिकले आफ्नो मानसिकतामा समेत परिवर्तन ल्याउन जरुरी रहेको भन्दै आफ्ना घरअगाडि नाला जाम हुँदा वा अन्य किसिमले फोहोर थुप्रिँदा सङ्घीय सांसदलाई गुहार्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।

उनले भने, ‘हामी पनि जिम्मेवार नागरिक बन्नुपर्छ । सबैजना मिलेर फोहोर सफा गर्नुपर्छ ।’ उनले प्रदेशका मुख्यमन्त्रीले अस्पताल अनुगमन गर्दा प्रायःजसो अस्पताल अवैध र अनाधिकृत रूपले सञ्चालन भएको देखिएको र ती अस्पताललाई मापदण्डअनुसार व्यवस्थित गरेर सञ्चालन गर्न आग्रह गर्दा जनकपुरमा जुलुस निकालिएको प्रसङ्ग झिक्दै अस्पताल अनुगमनलाई राम्रो काम भन्नुपर्नेमा अवैध काम गर्नेको बचाउमा राजनीतिक दल नै लागेको दुर्भाग्यपूर्ण स्थितिबारे सुनाए ।

उनले मुख्यमन्त्रीले खोलानालाको अवैध दोहन गर्ने क्रसरमा मध्यराति छापा मार्दा मुख्यमन्त्रीको सुरक्षा बढाइदिनुपर्यो भनेर प्रदेशसभामै एक राजनीतिक दलका प्रदेशसभा सदस्यले सीधा ज्यान मार्ने धम्की दिएको बताए । उनले यस्तो धम्की दिने पार्टी नै जनताको सहानुभूति र मत पाउने र असल काम गर्नेलाई ज्यान मार्ने धम्की खप्नुपरेको स्थितिमा सुधार गर्नुपर्ने औँल्याए । उनले अस्पतालहरूमा गरिएका निश्चिित अवधिका लागि गरिएका राजनीतिक नियुक्तिप्राप्त राजनीतिक दलका कार्यकर्ता ती ठाउँमा नगइकनै तलब सुविधा लिइरहेको र तिनकै कारणले अस्पताल अनुगमनमा जाने सांसदमाथि नै खतरा आइपर्ने अवस्था रहेको बताए । बडीबिल्डर राखेर अस्पताल अनुगमनमा अवरोध गराउने व्यवहार तथा आचरण ठिक नभएको उनले टिप्पणी गरे । अध्यक्ष राउतले जनकपुरधाममा क्रिकेटका लागि भव्य रामजानकी स्टेडियम निर्माण भइरहेको जानकारी दिए ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

आज यी स्थानमा धेरै भारी वर्षाको सम्भावना

आजको मौसमः पाँच प्रदेशमा आज पनि भारी बर्षा हुने

आत्मदाह प्रयास गरेका सर्लाहीको विवेक मण्डलको उपचारको क्रममा निधन

आत्मदाह प्रयास गरेका सर्लाहीको विवेक मण्डलको उपचारको क्रममा निधन

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडको बजेट

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडको बजेट

रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन नसक्ने : प्रभु साह

रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन नसक्ने : प्रभु साह

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

भारत तस्करी हुँदै गरेको ४ किलो गाँजासहित नेपाली युवक पक्राउ, ६० बोरा मकै बोकेको बोलेरो बरामद 

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

लागुऔषधसहित पाँच भारतीय नागरिक पक्राउ

शंकास्पद गाडी राखेको बिषयमा रास्वपाको आपत्ति 

शंकास्पद गाडी राखेको बिषयमा रास्वपाको आपत्ति 

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

बिष्णु पौडेल अझै ३ दिन थुनामा रहने

मिडिया हाउस अगाडी शंकास्पद पार्किङबारे छानबिन गरः पत्रकार महासंघ

मिडिया हाउस अगाडी शंकास्पद पार्किङबारे छानबिन गरः पत्रकार महासंघ

अख्तियारद्वारा राहदानी विभागमा छापा

आजवाट नयाँ प्रणालीमार्फत राहादानी दिन सुरू

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!