पुस २५ गते। उच्च अदालत पाटनले प्रेस काउन्सिलविरुद्ध दायर भएको मुद्दा पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश दिएको छ । दियो पोस्ट निवेदक भएको मुद्दामा बुधबार न्यायाधीशद्वय खडानन्द तिवारी र कृष्णराम कोइरालाको इजलासले प्रत्यर्थी तर्फबाट लिखित जवाफ समेत प्राप्त भइसकेको देखिएकाले सुनुवाइका लागि पेस गर्न आदेश दिएको हो । यस्तै पुस १९ गतेको आदेशअनुसारको कार्य सम्पन्न नभएकाले उक्त आदेशमा उल्लिखित कागजातहरूको प्रतिलिपि मगाएर मिसिलमा सामेल गर्न पनि आदेश दिएको छ ।
यसअघि १९ गते अदालतले सर्वोच्च अदालतमा यसअघि चलेको उत्प्रेषणको रिट निवेदन, लिखित जवाफ एवम् सो रिटमा सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेशको प्रतिलिपि अन्तरिम आदेशसम्बन्धी छलफलका लागि पेस गर्न आदेश दिएको थियो । गलत र भ्रामक सूचना सम्प्रेषण गरेको, नियामक निकायलाई अटेर गरेकोलगायत कारण देखाउँदै प्रेस काउन्सिलले विभिन्न अनलाइन पोर्टललाई कालोसूचीमा राख्दै थप कारबाही गर्ने निर्णय गरेको थियो । काउन्सिलको उक्त काम रोक्न अन्तरिम आदेश माग गर्दै दियो मिडिया प्रालिले उच्च अदालतमा रिट दायर गरेको थियो ।




















Discussion about this post