जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाका वडाध्यक्षहरूले आन्दोलन गर्ने चेतावनी दिएका छन्। नयाँ जनप्रतिनिधि आएको करिब ३ वर्ष हुन लाग्दा पनि उपमहानगरपालिकाको अवस्था लथालिंग रहेको तथा अहिलेसम्म कार्यपालिका बैठक समेत बस्न नसकेको बताउँदै वडाध्यक्षहरूले नगर प्रमुखविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन्। मंगलबार नगरप्रमुख मनोजकुमार साहलाई ज्ञापनपत्र बुझाउँदै वडाध्यक्षहरुले आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
नगरप्रमुख साहका कारण जनताले पाउने आधारभूत सेवाहरू सरसफाइ, स्वास्थ्य, शिक्षालगायत राज्यद्वारा दिइने सेवासुविधाबाट वञ्चित हुनुपरेको वडा नम्बर-८ का अध्यक्ष दिनेशकुमार सिंहले बताए। उनले भने, ‘अनुभुती होस् पनि कसरी ? शासन विधिको हुनुपर्दछ व्यक्तिको होइन । तर हाम्रो जनकपुरधाम उपमहानगरपालिकामा शासन व्यक्तिको छ, विधिको होइन । किनभने आर्थिक वर्ष २०८१/०८२ को झण्डै आधि वर्ष बितिसक्दा पनि हाम्रो कार्यपालिकाको एउटा पनि बैठक बसेको छैन । यो भन्दा ठुलो दुर्भाग्य के हुन सक्छ ?’
‘विधिको शासनले प्रत्येक महिना कार्यपालिकाको बैठक बस्नु पर्ने हो । आजको मितिदेखि १५ दिनभित्र कार्यपालिकाको बैठक बोलाउन हामीले अनुरोध गरेका छौं । अन्यथा हामी आन्दोलन गर्न बाध्य हुनेछौं, ‘वडा नम्बर–२४ का कार्यवाहक वडाध्यक्ष शेषनाथ मण्डलले चेतावनी दिए ।’
ज्ञापनपत्र बुझाउन वडा नम्बर–२० का वडाध्यक्ष मोती राईन, वडा नम्बर–५ का वडाध्यक्ष बेचन साह हलुवाई, कार्यपालिका सदस्य संतोष कुमार महतो, दिपेन्द्र कुमार साहलगायतकाहरु उपमहानगरको कार्यालय पुगेका थिए

















Discussion about this post