nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मुख्यमन्त्री सिंहद्वारा निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल उद्घाटन

गिरिजानन्द साह गिरिजानन्द साह
कार्तिक २८, २०८१, ७:२७ मध्यान्ह
मुख्यमन्त्री सिंहद्वारा निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल उद्घाटन

कार्तिक २८ गते। तिलगंगा आँखा प्रतिष्ठान र फ्रेड हलोज फाउण्डेसन अष्ट्रेलियासँगको साझेदारीमा निजगढमा निर्माण सम्पन्न भएको निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उद्घाटन गरेका छन् । मुख्यमन्त्री सिंहले बुधबार उद्घाटन गरी सेवा सुचारु गरिएको छ । यो अस्पताल बारा जिल्लाको पहिलो सामुदायिक आँखा अस्पताल हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले भने , ‘यस आँखा अस्पतालले आँखा उपचारको लागि मात्र नभएर मेडिकल टुरिजमको लागि पनि योगदान दिनेछ । करिव ३० करोडको लागतमा बनेको यो अस्पतालमा हरेक वर्ष ५५ हजार बिरामीलाई उपचार प्रदान गर्न सक्ने क्षमता रहेको छ जसले स्थानिय समुदायलाई गुणस्तरीय, सर्वसुलभ र पहुँच योग्य आँखा उपचार सेवा उपलब्ध गराउनेछ ।

तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा.डा.सन्दुक रुइटले भने, ‘यो भेगमा गुणस्तरीय, सर्वशुलभ र पहुँच योग्य अस्पताल ल्याउने हाम्रो सपना आज साकार भएको छ ।’ द फ्रेड हलोज फाउन्डेशनका प्रमुख कार्यकारी अधिकृत इयान विशार्टले भने, ‘यो अस्पताल, द फ्रेड हलोज फाउन्डेशनको लागि नयाँ अध्यायको शुरुआत हो, जसले तिलगंगा आँखा प्रतिष्ठान, स्थानीय साझेदार र समुदायहरूसँग एक मजबुत र दिगो सम्बन्ध स्थापित गरेको छ ।’

वर्तमानमा, नेपालमा करिव ९३,३०० जना दृष्टिविहिन छन् र करिव ७,८२,७०० जनाले कुनै न कुनै प्रकारको दृष्टि समस्या सहित जीवन व्यतित गरिरहेका छन् । अन्धोपनको भार मधेश प्रदेशमा देशकै दोस्रो उच्चतम स्थानमा रहेको छ तथापि, ८० प्रतिशत दृष्टि समस्याको उपचार सम्भव छ र अत्यन्तै कम लागतमा प्रभावकारी उपचार विधिहरूबाट यसको उपचार गर्न सकिन्छ ।

प्रतिष्ठान अन्तर्गतको निजगढ तिलगंगा सामुुदायिक आँखा अस्पतालले मोतिविन्दु, दृष्टिदोष, डाइबेटीक रेटिनोप्याथी, र अन्य आँखा रोगहरूको उपचारमा ध्यान दिनेछ, जसका लागि अत्याधुनिक उपचार विधी र समग्र सेवा प्रदान गरिनेछ । नेपालमा अन्धोपन र न्यून दृष्टिको प्रमुख कारण मोतिविन्दु हो । अन्धोपन भएका मध्ये अनुमानित ६६।८ प्रतिशत व्यक्ति मोतीविन्दुको कारणबाट भएको देखिन्छ ।

आगामी पाँच वर्षमा, यो अस्पतालले मधेश प्रदेशबाट अनुमानित २ लाख ७४ हजार आँखा बिरामीको उपचार गर्ने लक्ष्य लिएको छ । यो अस्पतालले प्रत्यक्ष वा परोक्ष रुपमा यस क्षेत्रका ३० लाख भन्दा बढि व्यक्तिहरूमा गुणस्तरिय आँखा सेवाको पहुँच विस्तार गर्ने आकंलन गरिएको छ । विशार्टले थपे ‘फाउन्डेशनले तिलगंगा आँखा प्रतिष्ठानसँगको साझेदारीमा नेपालमा आँखा स्वास्थ्य सेवा प्रदान गर्न पाउँदा गर्व महसुस गर्दछ ।’

नेपालमा महिलाहरू पुरुषहरूको तुलनामा दुइ तिहाई बढी दृष्टिविहिन वा दृष्टिको समस्यामा छन् । यस अस्पतालले बाह्य कार्यक्रम मार्फत विशेष प्राथमिकताका साथ आँखा स्वास्थ्यको पहुँच सम्बन्धि विद्यमान लैगिंक असमानता समाधान गर्ने दिशामा महत्वपूर्ण कदम चाल्नेछ । स्वास्थ्य क्षेत्रले विश्वव्यापी हरितगृह ग्याँस उत्सर्जनमा अनुमानित ४–५ प्रतिशत अंश रहेको देखिन्छ, त्यसैले यो अस्पतालले नवीकरणीय ऊर्जा प्रयोग गरि सौर्य उर्जाको उपयोग र प्रभावकारी वातावरण अनुकुल प्रणालीहरू प्रयोगमा ल्याउने छ ।

 

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

धनुषाको हँसपुर नगरपालिका वडा न- ८ का वडा अध्यक्षको निधन

धनुषाको हँसपुर नगरपालिका वडा न- ८ का वडा अध्यक्षको निधन

धान खेतमा बिछ्याइएको खुला तारमा करेन्ट लागेर सीतामढीमा तीनको मृत्यु, दुईजना घाइते

धान खेतमा बिछ्याइएको खुला तारमा करेन्ट लागेर सीतामढीमा तीनको मृत्यु, दुईजना घाइते

स्रोत नखुलेको एक लाख आठ हजार भारुसहित दुईजना भारतीय पक्राउ

पोखरीमा घोप्टो अवस्थामा भेटिए २८ वर्षीय युवकको शव, मृत्युको कारण खोज्दै प्रहरी

कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने सुनिल शर्माको घोषणा

कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने सुनिल शर्माको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता सेनाका जवानको एक महिनापछि कुशको शव बनाएर दाहसंस्कार

भोटेकोशी बाढीमा बेपत्ता सेनाका जवानको एक महिनापछि कुशको शव बनाएर दाहसंस्कार

स्रोत नखुलेको एक लाख आठ हजार भारुसहित दुईजना भारतीय पक्राउ

स्रोत नखुलेको एक लाख आठ हजार भारुसहित दुईजना भारतीय पक्राउ

कन्टेन्ट क्रिएटरबाट कमेडीसम्म : पवन खतिवडा ‘म्याकुरी’को संघर्ष, सफलता र बदलिँदो पहिचान

कन्टेन्ट क्रिएटरबाट कमेडीसम्म : पवन खतिवडा ‘म्याकुरी’को संघर्ष, सफलता र बदलिँदो पहिचान

बक्स अफिसमा ‘दृश्यम ३’ को जादू: सन् २०२६ को दोस्रो ठूलो ओपनिङ रेकर्ड 

बक्स अफिसमा ‘दृश्यम ३’ को जादू: सन् २०२६ को दोस्रो ठूलो ओपनिङ रेकर्ड 

धनुषामा फैसला कार्यान्वयन तीव्र, ३६ वर्ष कैद र ३ लाख ६९ हजार जरिवाना भएका ९ जना पक्राउ

धनुषामा फैसला कार्यान्वयन तीव्र, ३६ वर्ष कैद र ३ लाख ६९ हजार जरिवाना भएका ९ जना पक्राउ

ट्रम्पको कडा चेतावनी पछि मध्यपूर्वमा थप १० हजार अमेरिकी सैनिक तैनाथ

ट्रम्पको कडा चेतावनी पछि मध्यपूर्वमा थप १० हजार अमेरिकी सैनिक तैनाथ

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि