nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

दुग्धमती नदीको सीमा यकिन गरी उत्खनन् गर्ने मुख्यमन्त्री सिँहको निर्णय

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १३, २०८१, १२:१२ मध्यान्ह
मुख्यमन्त्री सिँहको अग्रसरतामा दुग्धमती नदी अतिक्रमणमुक्त गराइने

जनकपुरधाम/भदौ १३ गते। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहको अध्यक्षतामा बुधबार बिहान बसेको बैठकले ऐतिहासिक तथा धार्मिक महत्त्वको दुग्धमती नदीको प्राकृतिक बहाव क्षेत्र पहिचान गरी सीमा निर्धारण तथा उत्खनन् गर्ने निर्णय गरेको छ । मुख्यमन्त्रीको मधेश भवनस्थित सरकारी निवासमा बसेको बैठकले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित दुग्धमती नदीको उद्गमस्थलदेखि भारतीय सीमासम्मको २९ किलोमिटरसम्म नदी अतिक्रमण हटाउने निर्णय गरेको हो ।

सो उच्चस्तरीय बैठकले विसं २०२४÷२०२६ मा भएको नापीका आधारमा दुग्धमती नदीको सीमा यकिन गर्ने तथा सो कार्यका लागि आवश्यक प्राविधिक तयारी गर्न प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयलाई जिम्मा दिइएको छ ।

विभिन्न धार्मिक ग्रन्थका अनुसार अत्यन्त पवित्र मानिएको र पवित्र स्नान तथा पूजाआजाको लामो परम्परा रहेको नदी उद्गमस्थलदेखि तीन–चार किलोमिटरसम्म पूर्णतः अतिक्रमण र त्यसभन्दा दक्षिणतिर आंशिक अतिक्रमणको शिकार रहेको अवस्था दुःखद र दुर्भाग्यपूर्ण रहेको ठहर गर्दै मुख्यमन्त्री सिँहले अतिक्रमणमुक्त दुग्धमतीको योजना कार्यान्वयन गर्ने गृहकार्य थालेका थिए । त्यसअन्तर्गत नदीको साबिक सीमा यकिन गर्ने, उत्खनन् गर्ने र प्रदूषणमुक्त बनाउन प्रदेश सरकारले अग्रसरता लिने टुंगोमा उनी पुगेका थिए ।

बैठकले अतिक्रमणमुक्त र प्रदूषणमुक्त दुग्धमती नदी अभियान तीव्र गतिमा बढाउने निर्णय गरेको छ । प्रदेश सरकारको सो अभियानमा अन्य सरोकारवालाको समेत सहभागिता रहनेछ ।

बैठकमा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव, प्रदेशका प्रमुख सचिव लोकनाथ पौड्याल, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साह, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहमद अन्सारी, धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, नेपाल प्रहरीका नायब महानिरीक्षक यज्ञविनोद पोखरेल, सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक कालीदास धौवजी, सडक डिभिजन कार्यालय जनकपुरका डिभिजन प्रमुख दिपककुमार झा, धनुषाका प्रमुख मालपोत अधिकृत विष्णुप्रसाद सिटौला, धनुषाका नापी अधिकृत कामेश्वर राउत लगायत सहभागी रहेका थिए । बैठकलगत्तै मुख्यमन्त्री सिँहसहित बैठकका सहभागीहरू नदीको उद्गमस्थल र नदी प्रणालीको अवलोकन तथा निरीक्षण गरेका थिए ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

कानून दिवसको अवसरमा उच्च अदालत जनकपुरद्वारा ‘न्यायिक महोत्सव’ आयोजना गरिने

कानून दिवसको अवसरमा उच्च अदालत जनकपुरद्वारा ‘न्यायिक महोत्सव’ आयोजना गरिने

भरतपुरमा फोहोरमैला व्यवस्थापन नीतिनिर्माणलाई पहिलो प्राथमिकता

भरतपुरमा फोहोरमैला व्यवस्थापन नीतिनिर्माणलाई पहिलो प्राथमिकता

मानव अधिकार रक्षकको अवस्था तथा सवाल र सरोकारवालाहरूको भुमिका विषयक छलफल कार्यक्रम जनकपुरधाममा सम्पन्न

मानव अधिकार रक्षकको अवस्था तथा सवाल र सरोकारवालाहरूको भुमिका विषयक छलफल कार्यक्रम जनकपुरधाममा सम्पन्न

सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन

सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन

प्रधानमन्त्री शाहको स्वास्थ्य सल्लाहकारमा प्रा.डा अग्रवाल

प्रधानमन्त्री शाहको स्वास्थ्य सल्लाहकारमा प्रा.डा अग्रवाल

क्रिकेटर आरिफ शेख सहायक हवल्दारमा बढुवा

क्रिकेटर आरिफ शेख सहायक हवल्दारमा बढुवा

कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने

कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने

निर्माण व्यवसायी सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

निर्माण व्यवसायी सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!