बैशाख २९ गते। भन्सार छलेर भारतबाट नेपाल ल्याउँदै गरेको अवैध कुखुराको चल्लासहित चार भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार साँझ पक्राउ परेकालाई प्रहरीले शनिबार सार्वजनिक गरेको छ ।
जिल्लाको अस्थाई प्रहरी पोष्ट बमनहर रौतहटबाट खटिएको गस्ती टोलीले यमुनामाई गाउँपालिका–४ स्थित चोकमा जाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छलेर साइकलमा ल्याउँदै गरेको २७ कार्टुन कुखुराको चल्लासहित चार भारतीयलाई पक्राउ गरेको जिल्ला प्रहरीका डीएसपी एलिजा गिरीले जानकारी दिइन् । डीएसपी गिरीका अनुसार चार थान साइकल र चार भारतीयलाई पक्राउ गरेको हो ।
पक्राउ परेका भारतीको नाम प्रहरीले सार्वजनिक गरेको छैन । साइकल र भारतीय नागरिकलाई आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनायो । भारतबाट नेपाल ल्याउने सामानको भन्सार राजस्व तिर्नु पर्छ । भारतीय कुखुरा र चल्लाहरु चोरबाट हुँदै नेपाल ल्याउने गरेको पाइएको छ । प्रहरीले भारतीय सीमाक्षेत्रको नाकामा कडाइ गरेको जनाए पनि खुद्रे तस्करको दबदबा कायमै छ ।

















Discussion about this post