चैत २२ गते। सिरहाबाट ब्राउन सुगर सहित एक जना पकाउ परेको छ।
सिरहा जिल्लाको गोलबजार नगरपालिका वडा नं. ६ लक्ष्मी मन्दिर अन्दाजी बर्ष ३८ को रामएकवाल गिरीले आफ्नो घरमा लागूऔषध लुकाई छिपाई राखेको छ भने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट प्रहरी टोलीले घर खान तलासी गर्ने क्रममा घर भित्र रहेको साउण्ड बक्स भित्र प्लाष्टिकको पोकामा लुकाई छिपाई राखेको लागूऔषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ बरामद गरेको प्रहरीले जानाएको छ।
प्रहरीले बरामद गरेको ब्राउन सुगर तौल गर्दा (पलाष्टिक सहित १२.८७० मिली ग्राम, पलाष्टिक बाहेक १२.७०० मिली ग्राम) रहेको र निजलाई लागूऔषध सहित नियन्त्रणमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनएको छ ।

















Discussion about this post