जनकपुरधाम/चैत १७ गते । धनुषाको धनुषाधाममा सार्वजनिक शौचालयको सेफ्टी ट्यांकी सफाई गर्ने क्रममा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनुषाधाम नगरपालिका ३ का ४५ वर्षीय ठेकु मल्लिक रहेका छन् । आज दिउँसो सेफ्टी ट्यांकी सरसफाई गर्ने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

















Discussion about this post