चैत ११ गते। मिथिलाञ्चलको १५ दिने मध्यमा परिक्रमा आज जनकपुरधाम आइपुगेको छ । शनिबार भारत विहारको बिसौलमा विश्राम गरेको परिक्रमामा सहभागी श्रद्धालुहरु कल्याणेश्वर महादेवको दर्शन गर्दै जनकपुरधामका लागि प्रस्थान गरेकाहरु जनकपुरधामका आउने क्रम जारी रहेको छ।आज दिउँसोसम्म जनकपुरधाम आएर परिक्रमा यात्री श्रद्धालुभक्तजन ऐतिहासिक रंगभूमि मैदान बाह्रविघा रंगभूमि मैदानमा विश्राम गर्ने छन् ।
भोेली साेमबार बिहानै जनकपुरको अन्तगृह परिक्रमा गरेसंगै मिथिलाञ्चलको सबैभन्दा ठूुलोे धार्मिक पद यात्रा सम्पन्न हुननेछ ।धनुषाको मिथिला बिहारी नगरपालिका स्थित तारापट्टीबाट मिथिला बिहारीको डोला र जनकपुरको जानकी मन्दिरबाट निस्केको किशोरीजीको डोला जनकपुरको हनुमाननगरमा पुगेर परिक्रमाको विधिवत् शुरु भएको थियो ।मध्यमा परिक्रमाले भारतका चार र नेपालका ९ गरी १३ स्थानमा विश्राम लिएको थियो । १३ दिनसम्ममा मध्यमा परिक्रमाका सहभागीले कुल १३३ किलोमिटर दूरी तय गरेका छन् ।विश्वकै सबैभन्दा ठूलो धार्मिक पदयात्राको रुपमा रहेको मिथिला मध्यमा परिक्रमामा सहभागी हुनाले मनोवाञ्छित फल प्राप्त हुने जनविश्वास रहेको छ । मिथिला महात्मका अनुसार मिथिलामा बृहत, मध्यमा र अन्तगृह गरी तीनवटा परिक्रमाको उल्लेख पाइन्छ ।परिक्रमामा मिथिला मध्यमा परिक्रमाको अति विशिष्ट महत्व रहेको छ ।
मिथिला मध्यमा परिक्रमाको धार्मिक कुटनीतिका साथै पर्यटन, धार्मिक, सामाजिक तथा आर्थिक दृष्टिकोणले महत्वपूर्ण रहेको छ ।परिक्रमाको प्रारम्भ बारे कतै उल्लेख नभएपनि विद्वान बरघार्टको एक अनुसन्धानका अनुसार १८औँ शताब्दिमा भारतको सीतामढीबाट आएका सन्त सीताराम दासले यो परम्पराको शुरुवात गरेका थिए । परिक्रमामा सीतारामको प्रतिमालाई बाजाका साथै घुमाउने परम्परा रहेको छ ।

















Discussion about this post