गिरिजानन्द साह/जनकपुरधाम/चैत ११ गते।जनकपुरधाममा ब्याहुत कलवार युवा मञ्चको आयोजनामा भव्य र सभ्य होली महोत्सव २०८० कार्यक्रम सम्पन्न भएको छ । होली महोत्सव २०८० कार्यक्रम जनकपुरधाममा रहेको ब्याहुत कलवार समितिको कलवार कुट्टिमा ब्याहुत कलवार युवा मञ्चको संयोजनमा सम्पन्न भएको हो।
ब्याहुत कलवार कुटिका अध्यक्ष श्याम प्रसाद साहको अध्यक्षतामा र जनकपुरधाम उपमहानगरपालिकाको उपमेयर किशोरी साहको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको छ। कार्यक्रममा ब्याहुत कलवार स्वजाती र कार्यक्रममा सहभागीहरु बिचमा रंग अबिर साटा साट तथा एक अर्कासँग शुभकामना आदान प्रदान गरि होली मिलन कार्यक्रम सम्पन्न भएको छ ।
होलि महोत्सव कार्यक्रममा मिथिला सांस्कृतिक झल्किने नृत्य संगै सुमधुर स्वरको धनी गायक राजा सिंह राजपुतको गायन प्रस्तुति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिकाको उपमेयर किशोरी साहले होलिको शुभकानमा दिदै आफ्नो मन्तब्य राखेको थियो।
कार्यक्रममा अतिथिहरुमा जनकपुरधाम उपमहानगरपालिकाका पुर्व मेयर लाल किशोर साह, पुर्व सभासद दिनेश साह,र ब्याहुत कलवार जातीका मैन्जन,लायन्स क्लबका पुर्व अध्यक्षहरु,जेसिसका वर्तमान अध्यक्ष र पुर्व अध्यक्षहरु,जातीगत संगठनहरु,स्वजातीहरु र अन्य संघ संस्थाहरुको सहभागीता रहेको ब्याहुत कलवार युवा मंचका अध्यक्ष दिपनारायण साहले बताए।
मिथिला क्षेत्र परापूर्वकालदेखि नै कला र संस्कृतिले भरिपूर्ण रहेको छ । यहाँका कला र संस्कृतिको आफ्नै महत्व छ । विभिन्न चाडपर्वको आफ्नै महत्व र रौनक हुने गर्दछ । तीनै मध्येको एक होली हो जुन हिन्दूहरुले हर्षोल्लासपूर्वक मनाउने गरेका छ ।

















Discussion about this post