चैत ३ गते। हुण्डी कारोबार गरेको आरोपमा पर्साबाट एक महिलासहित चारजना पक्राउ परेका छन्
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१० का ३२ वर्षीय कुनालकुमार जैसवाल, वीरगञ्ज–२२ का ३९ वर्षीय वीरेन्द्र साह तेली, सोही ठाउँकी २० वर्षीया रेखाकुमारी साह र पर्साको जगरनाथपुर गाउँपालिका–६ का २५ वर्षीय मितुकुमार कुर्मी छन् ।
उनीहरूलाई पर्साको वीरगञ्ज महानगरपालिका–१० आर्दशनगरबाट पक्राउ गरी पर्सा प्रहरीले सार्वजनिक गरेको छ । उनीहरूबाट विभिन्न बैंकको चेकबुक १३ थान, काटिएको चेक ६६ थान, डिपोजिट स्लिप ५ थान र नगद ४ लाख ३ हजार रुपैयाँ बरामद भएको पर्सा प्रहरीका प्रवक्ता तथा डीएसपी कुमारविक्रम थापाले जानकारी दिए ।
पक्राउ परेकाविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को कसुरमा अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

















Discussion about this post