गणेश कुमार सिंह/महोत्तरी/फागुन २७ गते। महोत्तरीको गौशाला नगरपालिका वडा नं.१२ स्थित कान्तिबजार प्रहरी चौकी असई शर्मा प्रसाद यादव र हवल्दार २० हजार घुस सहित अख्तियरले पक्राउ गरेका छन् ।
गोप्य सूचनाको अधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुवै जनालाई गौशाला-१२ स्थित गौरिटोल नजिक मुसहर बस्ती जाने बाटोमा करिव ५:३० बजेको समयमा २० हजार रकम सहित बर्दिवास बाट खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रकमको नम्बर सहित पक्राउ गर्न सफल भएको छ।
पक्राउ परेका दुवै जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको अनुसन्धान प्रमुखले बताए ।

















Discussion about this post