फागुन २२ गते। प्रहरीले सर्लाहीमा राम्रो सँग बोल्न नसक्ने १२ वर्षीया बालिकाको बलात्कार गरी गर्भवती बनाएको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर–८ स्थित फुलजोर घर भएका टेके सार्की रम्तेल रहेका छन् । बलात्कार गरी फरार रहेका आरोपित रम्तेललाई शनिबार दिउँसो ईश्वरपुर ८ स्थितबाट पक्राउ गरिएको हो ।वैशाख ७ मा आरोपीले फुलजोर खोलामा राम्रोसँग बोल्न नसक्ने १२ वर्षीया बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको सर्लाहीका एसपी दयानिधि ज्ञवालीले बताए । सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद लिई रम्तेललाई हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरी एसपी दयानिधि ज्ञवालीले बताएका छन ।
बलात्कृत बालिकाले पुस १५ मा छोरा जन्माइन् । पीडितले जन्माएको शिशुको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा फागुन १६ गते मृत्यु समेत भइसकेको छ। घटनाबारे माघ १८ मा पीडितको तर्फबाट प्रहरीमा जाहेरी दर्ता भएको थियो । पक्राउ परेका आरोपितले प्रारम्भिक सोधपुछमा बालिकाको जवरजस्ती करणी गरेको स्वीकार गरेको प्रहरीले जनाएका छन् । आरोपितको डिएनए म्याचिङका लागि नमुना संकलन गर्ने काम भइसकेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।














Discussion about this post