धनुषा/माघ २२ गते। धनुषामा प्रतिबन्धित लागूऔषध सहित एकजना पक्राउ परिएका छन् । पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं. १० ठेरा बस्ने भाेला यादवको छाेरा ५० वर्षीय राम जतन यादव रहेको हाे । धनुषा प्रहरीका अनुसार यादवले गाँजा बिक्री गरिरहेको सूचनाको आधारमा पक्राउ परेको हाे ।
कागजमा सानाे – सानाे पुरिया बनाई बेचि रहेकाे छ भन्ने गाेप्य सुचनाकाे अधारमा धनुषाबाट खटिएको प्रहरी टाेलीले खानतलासी गर्दा १ किलो २०० ग्राम गाँजा सहित यादवलाई नियन्त्रणमा लिएको हाे । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

















Discussion about this post