माघ १८ गते। पक्राउ परेका सुनचाँदी व्यवसायीहरुको रिहाईको माग गर्दै जनकपुरधामस्थित सुनचाँदी व्यवसायीहरु आन्दोलनमा उत्रेका छन् ।बुधवार सुनचाँदी व्यवसायी बलराम ज्वेलर्सका संचालक बलराम साह र अरुण ज्वेलर्सका संचालक अरुण ठाकुरलाई बिल बिनाको सुनका गहना बरामद भएपछि पक्राउ गरी थप अनुसन्धानका लागि धनुषा प्रहरीले राजश्व अनुसन्धान विभाग पथलैया पठाएपछि उनीहरु आन्दोलित भएका छन् ।
मंगलवार सुनचाँदी कारीगर अजय साह र संजय साह बिल बिनाको सुनका गहना सहित पक्राउ परेका थिए । उनीहरुकै बयानको आधारमा व्यवसायीद्वय साह र ठाकुरलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धानका लागि पथलैया पठाएको हो ।तिनीहरुलाई पथलैया पठाए लगतै सुनचाँदी व्यवसायीहरु आन्दोलित भएका छन् । तिनीहरुले बुधवार दिउंसोदेखि टायर बालेर प्रहरी विरुद्ध प्रदर्शन गर्दै सोनारपट्टी बजार बन्द गराएका छन् ।
यसैबीच सुनचाँदी व्यवसायीहरुले पक्राउ परेका साह र ठाकुर सहित कारीगरहरुलाई रिहाई नगरेसम्म सुनचाँदी व्यवसाय बन्द गरी आन्दोलनमा उत्रिने भएका छन । सुनचाँदी व्यवसायी संघ धनुषा अध्यक्ष पन ठाकुरले भोली संयुक्त बैठक गरी जबसम्म छोडिदैन तबसम्म सुनचाँदी व्यवसाय प्रतिष्ठान बन्द गर्नेछौं । हाम्रो आन्दोलनले बल पुगेन भने सम्पूर्ण वस्तुगत व्यवसाय बन्द गर्न उद्योग वाणिज्य संघलाई आग्रह गर्ने । यदि व्यवसायी संघले आग्रह गरेन भने त्यसकै विरुद्ध आन्दोलनमा उत्रिनेछौ ।

















Discussion about this post