जनकपुरधाम/माघ १७ गते। जनकपुरबाट चारजना सुनचाँदी व्यवसायीलाई राजश्व अनुसन्धान विभागले पक्राउ गरेको छ ।
जनकपुरधामको बलराम ज्वेर्लसका सञ्चालक बलराम साह सहित चारजना सुनचाँदी व्यवसायीहरुलाई प्रहरी पक्राउ गरेपछि जनकपुरधामका व्यवसायीहरु आक्रोशित भएको छ । बलराम साहको साथै अरुण ज्वेलर्सका सञ्चालक र मिर्चैयाका व्यवसायीहरु गरि चार जनालाई प्रहरीले पक्राउ गरेर पथलैया लगेको बताइएको छ ।
व्यवसायीहरु आक्रोशित हुँदै जनकपुरधामको जानकी मन्दिर छेउको सोनारपट्टी बजारमा पसल व्यवसाय बन्द गरेर सडकमा टायर बालेर विरोध प्रदर्शनमा उत्रेका छन् ।
कारखानाबाट गहना बनाएर पसल लैजादै गर्दा प्रहरीले व्यवसायीलाई पक्राउ गरेको र बिल रसिद खोजेपछि दिन नसकेपछि पक्राउ गरेर सिधै पथलैया पुर्याएको भन्दै उनीहरु विरोधमा उत्रेका हुन ।

















Discussion about this post