सप्तरी/माघ १२ गते । सप्तरी बाट ८ किलो गाँजासहित दुई जनालाइ प्रहरीले पक्राउ गरेको छ।
सप्तरीको कञ्चनपुर नगरपालिका–७ आदर्श टोलबाट अवैध लागूऔषध गाँजा ८ किलो सहित तिलाठी कोईलाडी गाउँपालिका–६ बस्ने ३१ वर्षीय सचिन यादव समेत गरि २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी धरमपुरबाट खटिएको प्रहरीले को. २५ प ७०२४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

















Discussion about this post