जनकपुरधाम/माघ ७ गते। प्रहरीले धनुषाबाट ज्यान सम्बन्धी कसुरमा फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं.९ बस्ने ४४ वर्षीय दिलेश्वर यादव रहेका छन् ।
ज्यान मुद्दा शिर्षकमा २०६१/४ , महिना ६ गते दर्ता भएपछि फरार भएकाे थियो । मुद्दा दर्ता भएपछि फरार भएका यादवलाई १९ वर्ष पछि ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाबाट प्रहरी निरीक्षककाे कमाण्डमा खटिएको प्रहरी टाेलिले पक्राउ गर्ने सफल भएको हाे ।
निज प्रतिवादीलाई सम्मानित धनुषा जिल्ला अदालतबाट म्याद थप लिई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

















Discussion about this post