जनकपुरधाम/माघ ४ गते। भारतको अयोध्यामा निर्माण भएको राम मन्दिरको प्राण प्रतिष्ठाको दिन मधेस प्रदेशमा सार्वजनिक बिदा दिन जानकी मन्दिरले माग गरेको छ ।
जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले माघ ८ गते सोमबार प्रदेशभरि सार्वजनिक बिदा दिइ सो दिन दिपावली मनाउनका लागि मुख्यमन्त्रीलाई आग्रह गर्दै ज्ञापनपत्र बुझाएका हुन्।
उनले वर्षौंको विवादपछि अदालतको निर्णयअनुसार अयोध्यामा भगवान रामको विकाल मन्दिर निर्माण भई मन्दिरको समुद्घाटन तथान श्रीरामललाको प्राण प्रतिष्ठाको सुखद खबरले विश्वकै हिन्दु धर्मावलम्वीहरूमा गौरव तथा हर्षोल्लास छाएकाले सो दिन दिपावली मनाउन आग्रह गर्दै प्रदेशमा सार्वजनिक बिदा दिन आग्रह गरेका हुन्।
दासले मिथिला र अवधको धार्मिक, पौराणिक, आध्यात्मिक एवं सांस्कृतिक सम्बन्धको आधारमा माता सीताको ससुरालीमा हुने हर्ष बढाईमा मधेश प्रदेशवासी तथा मिथिलावासी सहभागी हुन समग्र मधेस प्रदेश तथा मिथिलामा विभिन्न कार्यक्रमहरुका साथै दिपावली मनाउन गइरहेकाले संसारलाई त्रेता युगीन भगवान रामजानकीको पौराणिक वैवाहिक सम्बन्धको संदेश दिन सरकारी रूपमा उत्सव मनाउन प्रदेशमा सार्वजनिक बिदाको घोषणा तथा प्रदेशवासीलाई उक्त दिन दिपावली मनाउन आग्रहपूर्ण सन्देश दिन मुख्यमन्त्रीसँग अनुरोध गरेका हुन्।
वर्षौंको विवादपछि अदालतको निर्णयअनुसार अयोध्यामा भगवान रामको मन्दिर निर्माण भई मन्दिरको समुद्घाटन तथान श्रीरामललाको प्राण प्रतिष्ठाको सुखद खबरले विश्वकै हिन्दु धर्मावलम्वीहरूमा गौरव तथा हर्षोल्लास छाएकाले सो दिन दिपावली मनाउन विज्ञप्तीमा आग्रह गरिएको छ ।


















Discussion about this post