काठमाडौं/पुस २२ गते। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित एक जना महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा श्रीलंकाकी कान्ती काभास्कर रहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार ती महिलाको साथबाट एक किलो ३०० ग्राम सुन बरामद गरिएको हाे। दुबईबाट आएकी उनलाई शनिबार राति करिब १२ बजे पक्राउ गरिएको हो।
विमानस्थलमा विभिन्न तरिकाबाट विभिन्न समयमा ६० किलो, ३३ किलो र ९ किलो सुन बरामद भइसकेको छ। ती प्रकरणमा छानविन समिति नै बनाएर अनुसन्धानसमेत भइरहेको छ ।

















Discussion about this post