पुस १० गते। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब सरकारको कार्यशैली बदल्ने घोषणा गरेका छन् ।
मंगलबार सिंहदरबारबाट देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अब सरकारको कार्यशैली बदल्ने घोषणा गरेका हुन् ।
‘म देशवासीसामु स्वीकार गर्दछु कि सरकार असफल त भएन । तर, मेरो हुटहुटीअनुसारको परिणाम पनि आएन । म बनिसकेका पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा छु,’ उनले भने, ‘देश कति बन्यो भन्ने होइन, कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा छु । यही चिन्ता र आत्मसमीक्षाका साथ सार्वजनिक घोषणा गर्छ- अब सरकारको कार्यशैली बदलिनेछ ।’
प्रधानमन्त्री प्रचण्डले केही पूर्वनिर्धारित र अपरिहार्यबाहेक बाहिरका कुनै पनि कार्यक्रममा नजाने बताए । बाहिरका कार्यक्रममा नगई नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी एवं विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने निष्कर्षमा आफू पुगेको उनले बताए ।
‘यही साता म प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्दैछु, सिङ्गो राज्यका लागि त्यो एउटा संकेत र सन्देश हुनेछ,’ उनले भने ।

















Discussion about this post