पुस ८ गते । महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयरको गाडीमा अज्ञान व्यक्तिहरूले आगजनी गरेका छन् ।
उपमेयर रेनु कुमारी महतो चढ्ने गाडीमा गएराति गौशाला नगरपालिका–१ रामनगरस्थित उपमेयरकै निजी निवास अगाडी पार्किङ गरिएको प्रदेश २–०२–००१झ ०००५ नम्बरको गाडीमा आगजनी भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए ।
गाडीमा कसले र किन आगो लगाइएको भन्ने विषयमा केही खुलेको छैन । पेट्रोल छर्किएर आगो लगाइएको छ । घटनास्थलबाट एउटा बोतल समेत बरामद भएको छ,’ प्रहरी निरीक्षक यादवले भने ‘अगाडी र पछाडीको टायरसहित आंशिक भागमा क्षति भएको छ ।’ घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले जनाए ।
यता उपमेयर रेनुकुमारीले यथाशीघ्र घटनाको सुक्ष्म अनुसन्धान गरी अपराधीलाई पक्राउ गर्न माग गरेकी छिन् । ‘सरकारी सम्पत्तीमा आगलागी भएको छ । जनताको करले खरिद भएको गाडीमा आगो लगाइएको छ । यस्ता अपराधीलाई तुरुन्त कारबाहीको दायरमा ल्याउन सरकारसँग माग गर्दछु,’ उपमेयरले भनिन् ।

















Discussion about this post