जनकपुरधाम/पुस ८ गते। धनुषाबाट प्रतिबन्धित लागूऔषध सहित एक भारतीय नागरिक परिएका छन् । पक्राउ पर्नेमा भारतकाे महिनाथपुर वडा नं.९ बस्ने २० वर्षीय श्रवण कुमार मण्डल रहेका छन् ।
धनुषाको ईलाका प्रहरी कार्याल खजुरी मातहतको प्रहरी चौकी ठाडीबाट खटेको प्रहरी टोलीले विदेह भारतबाट नेपाल तर्फ आउँदै गर्दा चेकजाँचको क्रममा मण्डलले झोलामा लुकाएर ल्याउँदै गरेको (NITRAVAT -10) १० पता (प्रती पता ३० वटाको दरले ३०० वटा टयाव्लेट ,SAMMEX- CAPSULES २४ पता (प्रती पता ६ वटाको दरले १४४ वटा टयटव्लेट ,(COUGH-SYRUP-PLESSANT-TASTING) १३ पिससहित पक्राउ गरीएकाे ईलाका प्रहरी कार्यालय खजुरीले जनाएका छन् ।

















Discussion about this post