nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

दीक्षान्त समारोहमा धेरै विद्यार्थी उपस्थित गराएर “त्रिवि”ले बनायो विश्व कीर्तिमान

सजिलो पोस्ट सजिलो पोस्ट
पुस २, २०८०, ८:३० मध्यान्ह
दीक्षान्त समारोहमा धेरै विद्यार्थी उपस्थित गराएर “त्रिवि”ले बनायो विश्व कीर्तिमान

पुस २ गते । त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोह सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यता एवम् प्रधानमन्त्री तथा त्रिविका कुलपति पुुष्पकमल दाहाल “प्रचण्ड”को अध्यक्षतामा मंसिर २ गते त्रिपुुरेश्वर स्थित दशरथ रङ्गशालामा सम्पन्न भएको छ ।

योसँगै त्रिभुवन विश्वविद्यालयले विश्वमै सवैभन्दा बढि विद्यार्थी दीक्षित गर्ने पहिलो विश्वविद्यालयको रुपमा विश्व रेकर्ड कायम गर्न सफल भएको छ । ४९ औं दीक्षान्तमा गिनिज वल्ड रेकर्डका प्रतिनिधिहरु दीक्षान्त समारोहमै उपस्थित भई उक्त रेकर्ड दर्ता गराएका हुन ।

दीक्षान्त समारोहमा ६१ औं गे्रस लिस्ट अनुसार २०७९ असार १ देखि २०८० जेठ मसान्तसम्म ट्रान्सक्रिप्ट प्राप्त गरेका ७३ हजार ७ सय ४९ जना विद्यार्थी समावेश हुन योग्य भएपनि दीक्षान्त समारोहमा १२ हजार ४ सय १५ जना विद्यार्थी सहभागी भएका थिए । दीक्षान्त सारोहमा सहभागी विद्यार्थीहरुमा कृषि र पशुविज्ञान अध्ययन संस्थानका १ सय ६४, वनविज्ञान अध्ययन संस्थानका ५१, इन्जिनियरिङ्ग अध्ययन संस्थानका ९ सय ५९, चिकित्साशास्त्र अध्ययन संस्थानका १ हजार ६ सय १९, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका १ हजार २ सय १५, मानविकी तथा सामाजिकशास्त्र संकायका २ हजार २ सय ४८, व्यवस्थापन संकायका ४ हजार ८ सय ७०, कानुन संकायका २ सय ३८ र शिक्षाशास्त्र संकायका १ हजार १० विद्यार्थी रहेका छन् ।

उनन्चासौ दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माण र राष्ट्रिय समृद्धिका लागि उच्च शिक्षाको जननीका रुपमा विश्वविद्यालयजस्तो प्राज्ञिक संस्थाहरुको अहम् भूमिका रहने र प्राकृतिक स्रोतमा मात्र निर्भर नभई मानवीय ज्ञान, सीप र प्रविधिको विकास गरी मुुलुकका लागि उपलब्धिमुलक, प्रभावकारी र जीवनउपयोगी उच्चशिक्षा उपलब्ध गराउन त्रिविले समयसापेक्ष, बजारमुखी र विश्वप्रतिस्पर्धी शिक्षा प्रदान गर्ने अपेक्षा व्यक्त गर्नुभएको थियो । आफुहरु देशमा स्वतन्त्रता, समानता, न्याय र समृद्धिको प्रगतिमार्गमा अघि बढाउन लागि परेको यद्यपि संक्रमणकालिन चुनौती र व्यवधानहरु कायम रहेकोले सबै मिलेर उक्त चुनौतीको समाधान गर्नुपर्ने धारणा व्यक्त गर्नुुभएको थियो ।

दीक्षित विद्यार्थीहरुलाई राष्ट्रपति पौडेलले नेपाल सरकारले शिक्षा क्षेत्रमा गरेको लगानी र तपाईहरुको परिश्रमले यो अवस्थामा पुग्नभएकोे र तपाईहरुमा मुलुकको भाग्य र भविष्य जोडिएकोले राष्ट्रप्रतिको दायित्व र कर्तव्य निर्वाहमा नचुक्न आग्रह गर्नुभएको थियो । दीक्षित विद्यार्थीहरुले आर्जन गरेको ज्ञान, सिप र प्रविधि राष्ट्रनिर्माण उपयोगी हुने र एउटा सक्षम, सवल तथा समृद्धि राष्ट्र निर्माण हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

उनन्चासौं दीक्षान्तलाई सम्वोधन गर्नुहुदै प्रधानमन्त्री तथा त्रिविका कुलपति पुुष्पकमल दाहाल “प्रचण्ड”ले त्रिविले केही वर्षयता गरेका प्राज्ञिक, प्रशासनिक, व्यवस्थापकीय सुुधारका प्रयासहरु महत्वपूर्ण रहेको बताउनुभयो । आंशिक सुधारका प्रयासले भूमण्डलीकृत विश्व प्रतिस्पर्धाका चुनौतीहरु सम्बोधन गर्न नसकिने, त्यसका लागि गुणात्मक सुधारको इच्छाशक्ति र सङकल्प जरुरी रहेको साथै त्यस दिशमा विश्वविद्यालयलाई थप मेहनत गर्न अनुरोध गर्नुभएको थियो । मुलुकको राजनीतिक र प्रशासनिक नेतृत्व सम्हाल्ने अधिकांश व्यक्तिहरु त्रिभुवन विश्वविद्यालयकै उत्पादन भएको स्मरण गराउँदै आगामी दिनमा समेत उक्त विरासत कायम राख्दै थप सफलताका निम्ति क्रियाशील हुन निर्देशित गर्नुुभएको थियो । शिक्षा व्यक्तिको जीवन, राष्ट्रको उन्नति र समग्र समाजको अग्रगतिको लागि हुनपर्ने र आर्थिक हैसियत भएकाहरुले मात्रै उच्चशिक्षामा पहुँच हुुन नहुने र शिक्षा प्राप्त गर्ने अवसर सवैलाई हुनुपर्ने बताउनुभएको थियो । मुलुकको समृद्धिका लागी प्रविधिक जनशक्तिको महत्वपूर्ण योगदान रहनेभएकोले त्रिविले प्राविधिक शिक्षामा भूमिका बढाउदै लैजानुपर्ने, उपाधि हासिल गरेका आफ्ना विद्यार्थीहरुलाई विश्वबजारमा प्रतिस्पर्धी बनाउनुपर्ने, सख्यात्मक बृद्धिबाट माथि उठेर गुणस्तरीय शिक्षामा केन्द्रीत हुनपर्ने बताउनुभएको थियो । विश्वबजारका निम्ति प्रतिस्पर्धी जनशक्ति उत्पादनमा हामी कहाँ चुक्यौ ? भन्दै प्रधामन्त्री तथा कुलपति दाहालले विगतमा विश्वविद्यालयहरुले आर्जन गरेको बलियो जनविश्वास र भरोसा किन कमजोर हुदै गयो भनेर प्रश्न उठाउनुभएको थियो । विश्वविद्यालयहरुमा क्रियाशिल प्राज्ञहरुको भूमिका किन गुरुत्वपूर्ण हुन सकिरहेको छैन र शैक्षिक क्यालेण्डर लागुहुन नसक्नु, पठनपाठनमा गत्यावरोध आइरहनुमा कसको दोष छ भन्दै विश्वविद्यालयहरुमा राजनीतिक भागबण्डा हुनु नहुने साथै आगामी दिनमा त्रिविका उपकुलपति दलीय भागवण्डाबाट नभई क्षमताका आधारमा नियुक्त गरिने प्रतिवद्धता जनाउनुभएको थियो ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. शिवलाल भुसालले दीक्षान्त समारोह त्रिभुवन विश्वविद्यालयले आर्जन गरेको शैक्षिक तथा प्राज्ञिक सफलता उजागर गर्ने र आफ्ना ग्राजुयटलाई भावी प्राज्ञिक तथा पेशागत जीवनका लागि दीक्षित गर्ने विशेष अवसर रहेको बताउनुभयो । त्रिभुवन विश्वविद्यालयका सामुन्ने यतिबेला चुनौतीका पहाडहरुका साथै महान अवसर समेत रहेको भन्दै अवसरलाई मूर्त रुप दिन आफुहरु विश्वविद्यालयलाई व्यवस्थित एवम् पारदर्शी बनाउदै सुधारका लागि प्रयत्नशील रहेको बताउनुभयो । पठन पाठनमा नियमितता, परीक्षा प्रणालीमा सुधार र पारदर्शीता, राजनीतिक प्रभावको न्यूनीकरण, प्राज्ञिक मर्यादाको संरक्षण र कानुनको पालना जस्ता पक्षमा सबैको ध्यान जानसके विद्यमान चुनौती सहजै समाना गर्न सकिने विश्वास व्यक्त गर्नुभएको थियो । स्वदेशमा उपयुक्त रोजगारीको अभावका कारण उच्च आकांक्षा बोकेर दीक्षित जनशक्तिहरु विदेश पलायन भइरहेको भन्दै उपकुलपति भुसालले त्रिविले समय र बजारले माग गरेअनुसारका नयाँ विषय र कार्यक्रमहरुको खोजी गरी सञ्चालन गरीरहेको जानकारी गराउनुुभएको थियो ।

Discussion about this post

Related Posts

अर्थमन्त्री वाग्लेलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी

अर्थमन्त्री वाग्लेलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

बालबालिकाकाे हातको चाँदीको बाला निकालेको आरोपमा एक पक्राउ

स्कुले बालिका दुर्व्यवहार गर्ने मुख्य आरोपीलाई प्रहरीद्वारा गाेली हानी पक्राउ

स्कुले बालिका दुर्व्यवहार गर्ने मुख्य आरोपीलाई प्रहरीद्वारा गाेली हानी पक्राउ

अयोध्यामा बन्ने भयो भगवान् वेंकटेश्वर अर्थात् बालाजीको भव्य मन्दिर, १० एकड जग्गा माग

अयोध्यामा बन्ने भयो भगवान् वेंकटेश्वर अर्थात् बालाजीको भव्य मन्दिर, १० एकड जग्गा माग

सिरहाका सीमा क्षेत्रबाट १३ लाख बढीको अवैध सामान बरामद

सिरहाका सीमा क्षेत्रबाट १३ लाख बढीको अवैध सामान बरामद

असुरक्षित डिजिटल बैंकिङ, ह्याकरले गरे नबिल बैंकको खाताबाट ७० हजार ट्रान्सफर

असुरक्षित डिजिटल बैंकिङ, ह्याकरले गरे नबिल बैंकको खाताबाट ७० हजार ट्रान्सफर

आज कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

आज कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

दुधमती संवाद : अभियानदेखि नीतिसम्म

दुधमती संवाद : अभियानदेखि नीतिसम्म

जनकपुरधाममा ई–लाईब्रेरी सञ्चालन सम्बन्धी लायन्स क्लब र मैथिली विकास कोषबीच सम्झौता

जनकपुरधाममा ई–लाईब्रेरी सञ्चालन सम्बन्धी लायन्स क्लब र मैथिली विकास कोषबीच सम्झौता

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि