सिरहा/मंसिर ३० गते। सिरहाबाट प्रतिबन्धित लागूऔषध सहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका वडा नं.५ बस्ने २८ वर्षीय मिलन कुमार श्रेष्ठ र वडा नं.४ बस्ने १९ वर्षीय अबिशेक यादव रहेका छन् ।दुबैजनाको साथबाट प्रतिबन्धित लागूऔषध बरामद भएको छ ।
शुक्रबार अपराहन्न साढे २ बजेको समयमा ईलाका प्रहरी कार्यालय बरियारपट्टी सिरहाबाट संयुक्त प्रहरी टोलिले पैदल यात्रीहरुलाई शंका लागेर चेकजाँच गर्ने क्रममा Dlazepm2 ml-२७ पिस , DISpovan -२ पिस बरामद भएको हाे ।
दुबै जना माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहा जनाएका छन् ।

















Discussion about this post