जनकपुरधाम/मंसिर २९ गते । धनुषामा बुधबार साँझदेखि हराइरहेकी बालिकाको शव नग्न अवस्थामा पोखरीमा फेला परेको छ।
धनुषाको सबैला नगरपालिका ९ कुसमहा सतोखरकी ५ वर्षीया बालिका राखी यादवको शव सतोखर पोखरी नजिक पानी जमेको खाल्डोमा नग्न अवस्थामा फेला परेको हो । शवको प्रकृति हेर्दा बलात्कार गरी उनको हत्या गरिएको हुन सक्ने प्रहरीले जनाएको छ ।
सबैला नगरपालिकाका मेयर कारीराम यादवका अनुसार शवको प्रकृतिले कसैले जवरजस्ती करणी गरेरै मारेर फालेको जस्तो देखिएको छ । योनीबाट रगत बगेको र स्तनको एक भाग पनि काटिएकाले बलात्कार गरी हत्या गरेको हुन सक्ने उनको भनाइ छ । घटनाको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।
मेयर यादवका अनुसार छिमेकका एकजनाको मटकोरमा बुधबार राति सतोखर पोखरीमा बालिका रथमै चढेर आएकी थिइन् । त्यहाँ रथबाट २।३ जना युवकले उतारेका थिए । सबै घर फर्केपनि बालिका नफर्केपछि उनको खोजविन परिवारजनले गर्दै इलाका प्रहरी कार्यालय सबैलालाई दिएका थिए ।
खाल्डोको पानी सुकाइएर अहिले घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिने प्रहरीले जनाएको छ ।
घटनामामा संलग्न हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धानका लागि दुई युवकलाई पक्राउ गरेको छ ।

















Discussion about this post