लहान/मंसिर १७ गते । सिरहाको लहान नगरपालिका ३ स्थित सुनिल कुमार अग्रवालले संचालन गरेको नेपाल साइकल स्टोर्समा भिषण आगलगी भएको छ ।
नेपाल साइकल स्टोरमा दिउँसो पौने १ बजे आगलागी भएको थियो । आगलागीमा साइकल सहित विभिन्न सवारी साधनका पाटपुर्जा जल्दा ६० लाख रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
बारुणयन्त्र, स्थानीयवासी र सुरक्षाकर्मीको प्रयासमा आगो नियन्त्रणमा लिइएको छ । स्थानीयका अनुसार आगो कसरी लागेको कुरा खुल्न सकेको छैन् । क्षतिको पूर्ण विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

















Discussion about this post